नेपाली कांग्रेसमा विशेष कि आवधिक महाधिवेशनको वहस: झापामा विशेष अधिवेशनको पक्षमा ३० प्रतिशत मात्रै

0
79

झापा , विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरुको संख्या झापामा ३० प्रतिशत पुगेको छ ।
आइतवारदेखि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक केन्द्रय कार्यालय सानेपामा हुँदैछ । समाचार स्रोतले दिएको जानकारी अनुसार शुक्रवारसम्मको तथ्याङ्क अनुसार झापाका कूल १३५ महाधिवेशन प्रतिनिधि मध्ये ४८ जनाले हस्ताक्षर गरेको बताइएको छ ।
झापामा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र वर्तमान महामन्त्री विश्वप्रकाश शर्माको आ– आफ्नै प्यानलले १४ औं महाधिवेशनमा प्रतिष्पर्धा गरेका थिए भने केही क्षेत्र र गाउँ,नगर समिति बाहेक सिङ्गो जिल्ला समितिमा सिटौला पक्षीय उम्द्वारहरुको वर्चश्वसहित विजय हासिल भएको थियो ।
महामन्त्री विश्वप्रकाश शर्माले भिडियो सन्देश जारी गर्दै असोज २४ भित्र विशेष महाधिवेशनका लागि सबैले हस्ताक्षर गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान गरेका थिए । शर्माको आह्वान अनुसार ३० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेका छन् भने ७० प्रतिशत महाधिवेशन प्रतिनिधि सिटौलाको पक्षमा उभिएका छन् ।
झापा क्षेत्र नम्वर १ बाट १३ जना , २ वाट ६ जना, ३ बाट ५ जना, ४ बाट ६ जना र झापा क्षेत्र नम्वर ५ बाट १८ जना महाधिवेशन प्रीतनिधि शर्माको पक्षमा उभिएका हुन् ।
झापा क्षेत्र नम्वर १ बाट महाधिवेशन प्रतिनिधिहरु प्रेम सम्वाहाम्फे, राम कट्टेल, तारावीर कटुवाल,लोकराज ढकाल, दुर्गादेवी खतिवडा, चन्द्रकला भट्टराई, टिका सुवेदी बराल, सुशीला रिजाल, कालु मेचे, खड्गवहादुर धिमाल, गौतम मजुमदार विकी र इन्द्र वुढाथोकीले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्ने मध्ये डम्वरकुमारी थापा र शोभा श्रेष्ठ नेम्वाङ्गले हस्ताक्षर फिर्ता गरेको विज्ञप्ति प्रकाशन गरेका छन् ।
त्यस्तै झापा क्षेत्र नम्वर २ मा महाधिवेशन प्रतिनिधि उमा शिवाकोटी, अनुज खड्का, भूमा घिमिरे, पुण्य ओझा, टिका प्रसाई र दिपेन्द्र ढकालले हस्ताक्षर गरेका छन् ।
त्यस्तै झापा क्षेत्र नम्वर ३ बाट मनोज सुब्बा, शीला तामाङ, कृष्ण प्रसाई, वडाराम हेमरम र तारा बाराकोटीले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गरेका मध्ये भक्त परियारले हस्ताक्षर फिर्ता लिएका छन् । उनले विशेष महाधिवेशन नभई नियमित महाधिवेशन हुनु पर्ने आफ्नो मतसहित हस्ताक्षर फिर्ता लिएका छन् ।
झापा क्षेत्र नम्वर ४ बाट उत्तम चम्लगाई, कविता वस्नेत, सीताराम भट्टराई, भीम राजवंशी, खड्ग कार्की र शान्ता वस्नेतले हस्ताक्षर गरेका हुन् ।
झापा क्षेत्र नम्वर ५ बाट ढुण्डी भण्डारी, राजन ढुङ्गाना, सत्यनारायण चौधरी, अमर बराइली, मेदनी सिटौला, टिकाराम सापकोटा, लक्ष्मी वाराकोटी, नेत्रप्रसाद वुढाथोकी, चन्द्रकुमारी खड्का, हुकुमसिंह राई, हेमन्त कार्की, भूपाल कटुवाल, आइन्द्र विक्रम केरुङ, भूमिराज राई, निरज अग्रवाल, सुरेश सुब्बा र रोहित शाहले हस्ताक्षर गरेका छन् ।
नेपाली कांग्रेसको विधान अनुसार आगामी मंसीरमा १४ औं अधिवेशनबाट निर्वाचित सबै पदाधिकारीहरुको समायवधि समाप्त हुँदैछ । कार्यकाल समाप्तिको अन्तिम क्षणमा विशेष महाधिवेशनको औचित्य नहुने भन्दै झापाका ७० प्रतिशत महाधिवेशन प्रतिनिधिहरु नियमित अधिवेशनको पक्षमा उभिएका हुन् ।
विशेष महाधिवेशन ४० प्रतिशत प्रतिनिधिहरुको हस्ताक्षरबाट माग गर्न सकिन्छ । तर, सभापतिलाई हटाएर त्यसलाई पारित गर्न दुई तिहाई वहुमत आवश्यक पर्दछ ।
केन्द्रीय समितिको वैठक बस्नु पूर्व यस्तो हस्ताक्षर संकलनले पार्टी संगठन भित्र विभाजनको रेखा कोर्ने भएकाले अधिकांश महाधिवेशन प्रतिनिधिहरुले नियमित अधिवेशनमा जान जोड गर्दै हस्ताक्षर गर्न नमानेको बताइएको छ ।
यता विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानका सक्रिय रहनु भएकी महाधिवेशन प्रतिनिधि उमा शिवाकोटीले शनिवारसम्म हस्ताक्षर गर्ने समय भएको र अन्तिम समयसम्ममा ८० जना भन्दा धेरैले हस्ताक्षर गर्ने बताएकी छिन् । शिवाकोटीले अधिकांश महाधिवेशन प्रनिनिधि पार्टी सुध्रिढिकरण र रुपान्तरणको पक्षमा देखिएको बताएकी छिन् ।
जेन–जी आन्दोलन पश्चात बदलिएको विशेष राष्ट्रिय राजनीतिक परिस्थितिमा कांग्रेसलाई बदलेर नयाँ कांग्रेस बनाउनका लागि समसामयिक परिस्थिति, नीति र नेतृत्व लगायतका विषयमा विशेष निर्णय गर्न अपरिहार्य भएको उनको भनाई छ ।
हस्ताक्षर अभियानमा सहभागीता जनाउन कतिपय साथीहरुले फारम लानु भएको छ , कतिपयले वात्सवबाट पठाई रहनु भएको छ । क्षेत्रगत रुपमा कति जनाले हस्ताक्षर गर्नुहुन्छ त्यो भोलिसम्ममा मात्रै टुङ्गो लाग्छ शिवाकोटीले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here