झापा । विश्वका ४० देशमा रहेका झापालीहरूको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं निर्वाचित भएका छन् । उनी सन् २०२५–२०२७ का लागि अध्यक्ष चुन्निएका हुन् ।
समाजको बिर्तामोडमा सम्पन्न पाँचौँ अधिवेशनले चम्लागाईंलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो । विगत ३० वर्षदेखि कतारमा व्यवसाय गर्दै आएका झापा बाह्रदशी गाउँपालिका–डाँगीबारीका चम्लागाईं यसअघि समाजका वरिष्ठ उपाध्यक्ष रहेका थिए । उनी ताप्लेजुङको फूलबारीदेखि झापा हुँदै श्रमिकका रूपमा कतार पुगेका हुन् ।
नयाँ कार्यसमिति पदाधिकारीहरू यसप्रकार छ —
वरिष्ठ उपाध्यक्षः दिपक चुडाल
उपाध्यक्षहरूः नविन पोखरेल, चूडामणि कार्की
उपाध्यक्ष (महिला): सीता पाण्डे
महासचिवः चिरण खवास
सचिवहरूः भवानी प्रसाद कोइराला, अजय राजबंशी
कोषाध्यक्षः उमेश पोखरेल
सह–कोषाध्यक्षः रविन गिरी
क्षेत्रीय संयोजकहरूः
मध्यपूर्व – केशव कार्की (कतार)
युरोप – लोकेन्द्र नेपाल (बेल्जियम)
ओसियानिया – निरञ्जन प्रसाई (अष्ट्रेलिया)
अमेरिका – आशिष संग्रौला (संयुक्त राज्य अमेरिका)
उप–क्षेत्रीय संयोजकहरूः
मध्यपूर्व – टिका ढकाल (ओमान)
युरोप – प्रकाश गिरी (नेदरल्याण्ड्स)
अमेरिका – दिल्ली थापा (संयुक्त राज्य अमेरिका)
निर्वाचन प्रमुख दिनेश पोखरेलले नयाँ कार्यसमिति घोषणा गर्दै यसपालिको निर्वाचन सफल र सहमतिको वातावरणमा सम्पन्न भएको बताए ।
सन् २०२४–२०२५ का अध्यक्ष मुकुन्द ढुङ्गानाको अध्यक्षतामा आयोजित पदस्थापन कार्यक्रममा प्रमुख अतिथि रूपमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी उपस्थित थिए । कार्यक्रममा विभिन्न संस्था तथा व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अधिकारी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी, कलाकार अशोक शर्मा, पत्रकार टिकाराम यात्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत दिपक चुडालले गरेका थिए भने कार्यक्रमको सञ्चालन नविन पोखरेलले गरेका थिए ।





























