सुनसरी ।

सुनसरीको इनरुवा नगरपालिका–४ बसपार्क चौक स्थितबाट एक सय ९७ ग्राम ६ मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा इनरुवा नगरपालिका–४ का ३३ बर्षीय कृष्ण कुमार मेहताको साथबाट एक सय ९७ ग्राम ६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
ब्राउन सुगरसहित पक्राउ परेका मेहताको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।





























