दमकमा हेरोइनसहित आठ जना पक्राउ, प्रहरीको हतियार लुट्ने अभियोगमा संलग्न युवक पनि समातिए

0
52

झापा । इलाका प्रहरी कार्यालय दमकले लागू औसतसहित ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जेन्जी आन्दोलनका क्रममा प्रहरीको हतियार लुट्ने कार्यमा समेत संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरबाट लागुऔषध हेरोइनसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको विशेष अपरेशन टोलीले गोप्य सूचनाका आधारमा साजन थापाको घरमा गरिएको खानतलासीका क्रममा लागुऔषध सेवन र बिक्री वितरणका तयारीमा रहेका आठ जना पक्राउ परेका हुन्। घरभित्र चस्माको खोलभित्र लुकाइराखिएको अवस्थामा खैरो हेरोइन भेटिएको थियो।
बरामद हेरोइनको तौल प्लास्टिक बाहेक ७ ग्राम ८०० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा दमक–३ बेलडाँगीका २७ वर्षीय साजन थापा, इलाम चुलाचुलीका ३२ वर्षीय दिपेश तामाङ र सनम राई, दमकका १८ वर्षीय आदित्य लिम्बू, १९ वर्षीय पविन विश्वकर्मा, २५ वर्षीय सुचन दर्जी, बेलडाँगी शिविरका २५ वर्षीय विजय माझी र मोरङ मिक्लाजुङ–८ का २० वर्षीय निश्चल पोर्तेल पक्राउ परेका हुन् ।

पक्राउ परेका लिम्बू जेन्जी आन्दोलनका क्रममा इप्रका दमकबाट प्रहरीले हतियार लुट्ने घटनामा संलग्न रहेको बुझिएको छ। त्यस्तै, निश्चल पोर्तेल जेन्जी आन्दोलनकै क्रममा उर्लाबारी प्रहरी हिरासतबाट भागेको अभियुक्त रहेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरिएको हेरोइन र पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको छ। इलाका प्रहरी कार्यालय दमकले यसअघि पनि लागु औसत कारोबारमा संलग्नलाई पक्राउ गरेको थियो। जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय तोडफोड र आगजनी हुँदा इलाका प्रहरी कार्यालय को हिरासतमा रहेका उनीहरू फरार भएका थिए। लागू औषध कारोबारी नै हतियार लुट्ने कार्यमा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन्। पक्राउ परेका आठै जनालाई इलाका प्रहरी कार्यालय दमकले हिरासतमा राखेको छ । जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय सहित इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय झिलझिलेबाट समेत थुनुवाहरू फरार छन्।
९२ जना थुनुवा फरार भएपनि तीनजना बाहेक अन्य थुनुवा प्रहरीको सम्पर्कमा आएका छैनन्। फरार थुनुवामध्ये अधिकांश थुनुवा लागु औसत मुद्दाकै भएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here