झापाका बाढीपीडितलाई १८ लाख बराबरको राहत सामग्री वितरण

0
35

झापा,

अविरल वर्षासँगै आएको बाढीले क्षति पुर्‍याएका झापा गाउँपालिका–२ माइ कन्काई माइका बाढी प्रभावित परिवारलाई करिब १८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गरिएको छ।

उक्त सामग्री धनकुटाको हुसाडेक नेपाल, काठमाडौँस्थित रिच परियोजना अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरिएको हो। उक्त कार्यक्रमको आयोजना नेपालको सहकारीमा किर्डाक, युके इन्टरनेसनल डेभलपमेन्ट लगायतका संस्थाहरूको सहयोगमा गरिएको हो।

राहत वितरण कार्यक्रम झापा गाउँपालिकाको टायनडुब्बामा सम्पन्न भएको जनाइएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि कार्यवाहक पालिका अध्यक्ष अन्जु देबी थपलिया, प्रमुख प्रसासकिय अधिकृत जनार्दन निरौला, वडा नम्बर २ का वडा अध्यक्ष हिमाल कुमार चौलागाइ ,पालिकाका कर्मचारी ,नेपाली सेना नेपाल ,प्रहरी सशस्त्र प्रहरी ,रेडक्रस लगायत सरोकारवाला निकायका प्रतिनिधि, स्वयंसेवक तथा स्थानीय समुदायको सहभागिता भएको थियो।

कार्यक्रमका क्रममा बाढीले घरबार गुमाएका, अन्नपात नष्ट भएका तथा दैनिक उपभोग्य वस्तु अभावमा परेका परिवारहरूलाई चामल, दाल, नुन, तेल, साबुन, सरसफाइ सामग्री लगायतका खाद्य तथा गैरखाद्य सामग्री पाँच घर परीवारलाइ वितरण गरिएको हुसाडेक नेपालका प्रतिनिधि रमेशचन्द्र अधिकारीले जानकारी दिए।

बाढीपछि धेरै परिवार अस्थायी टहरामा बस्न बाध्य भएका छन्। राहत प्राप्त गरेपछि स्थानीयवासीहरूले राहत सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै तत्कालीन जीवनयापनमा केही सहजता पुगेको बताएका छन्।

कार्यक्रमका आयोजक किडार्क प्रतिनिधिले बाढीजस्ता प्राकृतिक विपद्‌मा प्रभावित समुदायसम्म शीघ्र राहत पुर्‍याउनु आफ्नो प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता समुदायमा सहयोगका कार्यक्रम निरन्तर अघि बढाइने बताए।

कार्यक्रममा झापा गाउँपालिकाका जनप्रतिनिधिहरूले राहत सामग्री वितरणले पीडितहरूलाई केही हदसम्म राहत पुगेको बताउँदै, दीर्घकालीन समाधानका लागि स्थायी बासस्थान, रोजगार र पूर्वाधार पुनर्निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए।

बाढीका कारण माइ कन्काई माइ क्षेत्रका बस्तीहरूमा कृषिजन्य सम्पत्ति, आवास, सडक र खानेपानीका संरचनामा ठूलो क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ। राहत वितरणले तत्कालका लागि प्रभावित परिवारहरूलाई खाद्यान्न अभाव नहोस् भन्ने उद्देश्य पूरा गरेको बताइएको छ। उक्त कार्यकाे समन्वयमा झापाकाे एकका लागि एक अभियानले सहजीकरण गरेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here