अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३०औं वार्षिक साधारणसभा एवम् उपभोक्ता भेला सोमबार सम्पन्न भएको छ ।
समूहको कार्यालय प्राङ्गणमा समूहका अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले गत आर्थिक वर्ष २०८१/०८२को वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक कमल बुढाथोकीले गत आर्थिक वर्षको आ.ले.प र म.ले.प. प्रतिवेदन तथा कोषाध्यक्ष मनिला जवेगु लिम्बूले चालु आर्थिक वर्ष २०८२/०८३ बजेट, वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा वन पैदावार बिक्री वितरणमा आंशिक सुधार गरि न्यायोचित वितरण प्रणाली अपनाइएको, अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा समूहअन्र्तगत रहेको कैदले पर्यापर्यटन क्षेत्रको विकास गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरेको, गरिबी न्यूनिकरण तथा मानव वन्यजन्तु सहअस्तित्वको लागि १४० उपभोक्तालाई निःशुल्क मौरीसहितको घार वितरणसँगै वन क्षेत्रमा फलफूलको बिरुवा वृक्षारोपण, कार्यालय प्राङ्गणमा ज्येष्ठ नागरिक भेटघाट चौतारी निर्माणलगायतका कार्यहरु सम्पन्न गरेको उल्लेख गरिएको छ ।
त्यसैगरी प्रतिवेदनमा चालु आर्थिक वर्ष २०८२/०८३को लागि अनुमानित तीन करोड ४२ लाख ८५ हजार छ सय ४२ रुपैयाँ छ पैसा बराबरको वार्षिक कार्यक्रम उल्लेख गरिएको छ । जसअनुसार वन विकास संरक्षण, संम्वद्र्धन र सदुपयोगतर्फ ८५ लाख ६५ हजार नौ सय ७० रुपैयाँ ९६ पैसा, उपभोक्ता समूहको कार्यालय भवन व्यवस्थापनतर्फ ४० लाख दुई हजार दुई सय ६७ रुपैयाँ ३० पैसा, सामुदायिक विकास सम्बन्धी कार्यक्रमतर्फ ३८ लाख रुपैयाँ, गरिबी न्यूनिकरणतर्फ ३० लाख ८४ हजार चार सय ५० रुपैयाँ, विविध खर्चतर्फ २२ लाख ८० हजार नौ सय ५४ रुपैया, पदाधिकारी भत्ता तथा कर्मचारी तलबतर्फ २० लाख ४२ हजार छ सय रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै वन पैदावार संकलन तथा ढुवानी खर्चतर्फ १९ लाख ४५ हजार एक सय ३६ रुपैयाँ ८० पैसा, फर्निचर उद्योग सञ्चालन तथा निर्माण खर्चतर्फ १९ लाख ४३ हजार रुपैयाँ, महिला सशक्तिकरण तथा क्षमता अभिवृद्धितर्फ १८ लाख ५० हजार रुपैयाँ, कैदले पर्यापर्यटन विकासतर्फ १५ लाख रुपैयाँ, मानव वन्यजन्तु द्धन्द न्यूनिकरणतर्फ १४ लाख १५ हजार रुपैयाँ, अन्य प्रशासनिक खर्चतर्फ १२ लाख ९१ हजार रुपैयाँ, गोलिया चिरान तथा व्यवस्थापनतर्फ तीन लाख ३५ हजार दुई सय ६३ रुपैयाँ, घाटगद्दी व्यवस्थापन तथा स्तरोन्नती खर्चतर्फ एक लाख ५० हजार रुपैयाँ र ट्रयाक्टर तथा मेसिनरी उपकरण सञ्चालन तथा मर्मत खर्चतर्फ ८० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसैगरी कार्यक्रममा पूर्व उपाध्यक्षद्वय दुर्गाबहादुर कटुवाल र प्रेमराज चौहनलाई सम्मान पत्रसहित र कर्मचारीहरु अम्बिका श्रेष्ठ, जनक घिमिरे, पदम तामाङ र युवराज दुलाललाई कदर पत्रसहित दोसल्ला ओढाई विदाइ गरिएको थियो । त्यस्तै कार्यक्रममा एक सय जना ज्येष्ठ उपभोक्तालाई टोपी, दोसल्ला र लौरो वितरण गरिएको थियो ।
सोही कार्यक्रममा नवनिर्मित ज्येष्ठ चौतारोको उद्घाटन, समूह अन्र्तगत रहेको ३१ वटा टोलबाट छनौट भएका ३१ घरधुरीका विपन्न उपभोक्ता परिवारलाई निःशुल्क स्वास्थ्य बिमा, ३१ थान निःशुल्क ग्यास चुल्हासहित सिलिण्डर र समूह अन्र्तगत रहेको पाँच वटा निर्वाचन क्षेत्रबाट छनौट भएका १० जना विपन्न उपभोक्तालाई निःशुल्क खाट वितरण गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा नवनिर्मित ज्येष्ठ नागरिक भेटघाट चौतारीको लागि स्थानीय युथ अफ खुदुनाबारीले एक थान एलइडी हस्तान्तरण गरेको थियो । कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठ, नेकपा एमाल पार्टी झापा जिल्ला कमिटीका सदस्य एकदेव खनाल, कैदले खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष ढुण्डीराज गौतमलगायतले मन्तव्य राखेका थिए । समूहका उपाध्यक्ष लक्ष्मीराम शर्मा तिम्सिनाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव उर्मिला अधिकारी कटुवालले गरेकी थिइन् ।































