लागूऔषधसहित तीन जना पक्राउ

0
60

विराटनगर।

सुनसरी र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले प्र १–०५–००१ ह ०१४७ नम्बरको अटोमा सवार उदयपुरको त्रियुगा नगरपालिका–७ का १९ बर्षीय दिपक मगरले बोकेको झोलाबाट लागूऔषध ट्रामाडोल तीन हजार नौं सय ९० ट्याब्लेट र डिकोलिक तीन हजार नौ सय ९० ट्याब्लेट फेला पारेसंगै अटो चालक त्रियुगा–१० का ३३ बर्षीय फिरोज मोहमदलाई समेत नियन्त्रणमा लिएको हो ।

त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर महानगरपालिका–१६ स्थितबाट ५६ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित विराटनगर–११ का २८ बर्षीया रन्जिता राय अमातलाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै मोरङको इलाका प्रहरी कार्यालय बुधनगरको प्रहरी टोलीले विराटनगर–१८ आईसीपी सडक खण्डमा प्र १–०२–००४ ह ८२७० नम्बरको सिटिसफारीमा बेबारीसे अवस्थामा राखेको ३० किलोग्राम लागू औषध गाँजा बरामद गरे संगै सिटी चालकको खोजतलास भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here