इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनद्वारा सहयोग

0
103

झापा, इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय विर्तामोड तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन पुनःनिर्माणका लागि सहयोग गरेको छ ।

गत भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको प्रहरी संरचना निर्माणका लागि क्लबले २५ हजार रुपैयाँ सहयोग गरेको हो । आफ्ना पदाधिकारी तथा सदस्यहरुबाट संकलन भएको उक्त रकम सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग गरेको इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनकी अध्यक्ष लुना बस्नेतले जानकारी दिइन् ।

उनीहरुले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, भवन पुनःनिर्माणका अगुवा युवा व्यवसायी रमेश चौधरी, पदम श्रेष्ठ र वीपिन बजगाईंलाई सहयोग रकम प्रदान गरेको गरेका थिए ।

त्यसैगरी क्लबले इलाम जिल्लाका बाढी तथा पहिरो पीडितहरुका लागि समेत आर्थिक सहयोग गरेको छ । बाढी तथा पहिरो पीडितलाई नगद २५ हजार रुपैया प्रदान गरिएको अध्यक्ष बस्नेतको भनाई छ ।

इलाम झापा मैत्री समाजको अध्यक्ष तिलोतमा खत्री र देवीका बस्नेत मार्फत उक्त रकम सहयोग गरिएको जनाईएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here