मलेसियामा डेल्टा इंग्लिस स्कुललाई अन्तर्राष्ट्रिय अवार्ड

0
20

सुन्दरहरैचा (मोरङ),

एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा मोरंगको बेलबारी नगरपालिका वडा नम्बर ४ मा अवस्थित डेल्टा इंग्लिस स्कुलले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।

सोमबार मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न कार्यक्रममा डेल्टा इंग्लिस स्कुललाई अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित भएको छ। नेपाल, मलेसिया, फिलिपिन्स, युएसए, युके, इण्डिया, बांग्लादेश लगायत विभिन्न देशहरुका विभिन्न क्षेत्रका ख्याती प्राप्त विद्यालयहरु, संस्थाहरु र व्यक्तित्वहरुलाई इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गरिएको हो ।

अवार्ड ग्रहण गर्नका लागि विद्यालयका संस्थापक अध्यक्ष पर्वत राई गत हप्ता सिंगापुर, थाइल्याणड हुँदै मलेसियाको पुगेका थिए । विद्यालयका संस्थापक अध्यक्ष राई सानो उमेरदेखि नै शिक्षाक्षेत्रबाट संलग्न हॅदै निजी विद्यालयहरुको साझा छाता संगठन नेसनल प्याब्सनको पालिकाको नेतृत्व गर्दै हाल मोरङ जिल्ला कार्यसमिति उपाध्यक्ष र केन्द्रीय उप-समिति अन्तर्गत इभेन्ट म्यानेजमेन्टका सदस्य पनि रहेका छन ।

शिक्षा क्षेत्रमा निरन्तर उत्कृष्ट योगदान पुर्‍याउँदै आएको र स्थापना कालको छोटो समयमा नै बेलबारी नगर क्षेत्रका आम अभिभावकहरूको मन जित्न सफल भई संस्कार सहितको शिक्षा साथै समयानुकुलको शिक्षा प्रदान गरिरहेको डेल्टा इंग्लिस स्कुललाई प्रदान गरिएको यस अवार्डले विद्यालय परिवार मात्र नभई सम्पूर्ण बेलबारीको गौरव बढाएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here