मेडकलको आबरणमा लागूऔषधको धन्दा, सुवेक्षा मेडिकल हल सञ्चालक पक्राउ

0
43

झापा, सुनसरीको बराहक्षेत्र नगरपालिका ५ कालाबञ्जर चोकमा सञ्चालित एक मेडिकलबाट औषधिजन्य प्रतिवन्धित लागू औषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ निवासी ४० वर्षीया शान्ति राजधामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुवेक्षा मेडिकल हलमा नेपालमा नियन्त्रित औषधिको कारोवार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । सो क्रममा मेडिकल सञ्चालक राजधामीलाई पक्राउ गरिएको हो ।
मेडिकल हलबाट नियन्त्रित औषधि स्पास्रेष्ट पाँच वट्टामा सात सय ८० पिस,ट्याब्लेट फेला पारेको प्रहरीले जनाएको छ ।
नेपालमा नियन्त्रित औषधिसहित पक्राउ परेकी राजधामीलाई आवश्यक कारवाहीको लागि औषधि व्यवस्थापन विभाग विराटनगरमा प्रहरीले जनाएको छ ।
पछिल्लो समय औषधि व्यवसायीहरुले नै औषधिजन्य प्रतिवन्धित लागू औषध खुलेआम बिक्री गर्दै आएका छन् ।
झापामा पनि केही औषधि पसलमा औषधिजन्य प्रतिवन्धित लागू औषध बिक्री हुँदै आएको र त्यस्तो कार्यमा सम्लग्न केही व्यवसायीलाई पक्राउ गरी कारवाही अघि बढाइएको छ ।
त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका ४ बसचोकस्थितमा लागू औषध ओसार पसार तथा कारोवार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले ब्राउनसुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पूर्ब पश्चिम राजमार्गमा लौकहीबाट ईनरुवा तर्फ आउँदै गरेको को. ३२ प. ५३६७ नम्बरको मोटरसाइकल सहित सुनसरी धरान उप–महानगरपालिका १७ निवासी ३८ वर्षीय सन्तोष बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बस्नेतको साथमा खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ १२.७० ग्राम फेला परेकाले मोटरसाईकल सहित उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरी लगेर अनुसन्धान शुरु गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here