झापा, नेपाल प्रहरी प्रधान कार्यालयले ६६५ जना पहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा गरेको छ ।
प्रधान कार्यालयको मानव स्रोत विकास विभागले असोज २८ गतेको निर्णयअनुसार उनीहरूलाई नयाँ जिम्मेवारी तोकेको हो।
सरुवा भएका प्रहरी निरीक्षकहरूलाई कार्तिक महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी नयाँ कार्यालयमा कामकाज गर्न निर्देशन दिइएको छ।

प्रहरी प्रधान कार्यालयले एकै पटक प्रहरी निरीक्षकको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयको सरुवाको सूचिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा सन्तोष राईको सरुवा भएको हो । उनी इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल केन्द्रीय अनुसन्धान व्यूरो पिलर ३ ठगी, किर्त बाल योन दुराचार, मुद्रा अपचलन, पुरातात्विक अपराध अनुसन्धान शाखामा सरुवा भएको हो ।





























