प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको एक महिनाको तलब विपद् राहत कोषमा

0
33

सुनिता राई
इलाम,

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफ्नो एक महिनाको तलब जिल्ला विपद् राहत कोषमा जम्मा गरेर सहयोग पुर्‍याउनुभएको छ।

उहाँले आज (बुधबार) इलाममा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी सार्वजनिक गर्नुभएको हो। प्रमुख जिल्ला अधिकारी नेपालले उक्त रकम जिल्ला विपद् राहत कोषको QR कोडमार्फत जम्मा गर्नुभएको छ।

बाढीपहिरोका कारण जिल्लाभरि ठूलो जनधनको क्षति पुगेको सन्दर्भमा उहाँले सबै क्षेत्रबाट सहयोग जुटाउन आग्रह गर्नुभयो। प्रमुख जिल्ला अधिकारी नेपालले भन्नुभयो – “यो कठिन समयमा सबैले आ–आफ्नो ठाउँबाट पीडित परिवारका लागि सहयोगको हात बढाउनुपर्छ। सानो योगदानले पनि ठूलो राहत दिन सक्छ।”

उहाँका अनुसार संकलित रकम बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत, पुनःस्थापना र आवास व्यवस्थापनमा उपयोग गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here