झापामा ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

0
52

झापा , झापामा ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गर्दै शान्ति सुरक्षाका कारण तिहारमा ९ बजेसम्ममात्र देउसी भैलो खेल्न पाइने जनाएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले चाडपर्वहरु मनाउँदा शान्ति सुरक्षालाई विशेष ध्यान दिनसमेत आग्रह गरेका छन् । दिपावली,सहित नेपाल सम्वत र छठ पर्वको शुभकामना दिँदै प्रजिअ अधिकारीले चार्डपर्व मनाउने क्रममा समाजमा शान्ति सुरक्षा,अम नचयन कायमगर्न सहयोग पु¥याउन जिल्ला सुरक्षा समिति झापा सरोकारवाला सबैमा अनुरोध गर्दछ भनेका छन् ।

आसन्न चार्डवार्डलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय झापाले आठ बुँदे सूचनासमेत जारी गरेको छ । सूचनामा भनिएको छ– दिपावलीको अवसरमा देउसी, भैलो लगायतका साँस्कृतिक कृयाकलापहरु रातको ९ बजे सम्ममात्र गर्न, प्रचलित कानूनले बर्जित गरेका जुवातास, लड्गुरबुर्जा (डाइस), लगायतका जुवाजन्य खेल खेल्ने/खेलाउने कार्य नगर्न, समाजमा आतंक श्रृजना गर्ने गरी पटका पड्काउने, भुईंचम्पा, आतिशबाजी गर्ने कार्य नगर्न, प्लाष्टिकका फूल, मालाको सट्टा प्राकृतिक फूल, माला प्रयोग गरी नेपाली किसानहरुलाई प्रोत्साहित गर्न भनिएको छ ।

यसैगरी बजारमा अखाद्य बस्तु, म्याद गुज्रेका बस्तु विक्री वितरण नगर्न साथै मूल्य वृद्धि र कृत्रिम अभाव सिर्जना नगर्न, सवारी साधनहरुमा क्षमताभन्दा बढि यात्रु नराख्न, साथै सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न, सामाजिक सञ्जालको प्रयोग गर्दा अर्काको मर्यादाको सम्मान गर्न तथा घृणा र अफवाह फैलाउने किसिमका सामग्री सम्प्रेषण नगर्न अनुरोध गरिएको छ ।

त्यस्तै चाडपर्वका समयमा कहिँकतै कोहि कसैलाई कुनै समस्या परेमा बा टोल छिमेकमा अवाञ्छित क्रियाकलाप हुन लागेको वा भईरहेको जानकारी प्राप्त भएमा तत्काल नजिकको प्रहरी इकाईमा खवर गर्न, प्रहरी कन्ट्रोल रुम १०० मा वा मोबाइल नं. ९८५२६७१५५५ मा सम्पर्क गर्न समेत प्रमुख जिल्ला अधिकारी अधिकारीद्धारा हस्ताक्षरित सूचनामा उल्लेछ छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here