राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा रक्तदान

0
47

बाहृदशी , बाहृदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाको आयोजनामा एक दिने वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन्। आयुर्वेद शाखाले विगत ६ वर्ष देखि निरन्तर गर्दै आएको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको हो। आयुर्वेद शाखाको प्रङ्गणमा सम्पन्न कार्यक्रममा प्रविधिक सहयोग चारपाने रेडक्रसले गरेको थियो।

आयुर्वेद स्वास्थ शाखा संचालन समिति अध्यक्ष तथा बाह्रदशी ५ का वडाध्यक्ष वीरबहादुर सिंह राजवंशीको अध्यक्षता र बाह्रदशी गाउँपालिका उपाध्यक्ष सान्ता देवी शिवाकोटीको प्रमुख आथित्यतामा कार्यक्रमसम्पन्न भएको थियो। आयुर्वेद शाखा प्रमुख जट्टाशंकर झाले स्वागत गर्नुभएको कार्यक्रममा उपाध्यक्ष शिवाकोटीले व्यानर बाचन र दिप प्रजलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा आयुर्वेद शाखा प्रमुख जट्टााशंकर झा, रेडक्रसकर्मी दयानन्द गोस्वामी, बाह्रदशी वडानम्बर २ का वडाध्यक्ष भिम बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया, उपाध्यक्ष शान्तादेवी शिवाकोटी, वडा नम्बर ५ का वडाध्यक्ष विरबहादुर सिंह राजवंशीले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा वोल्दै आयुर्वेद स्वास्थ शाखा प्रमुख झाले जनशक्ति अभावका कारण महिनौं अगाडि ल्याएको ल्याव मेसिनबाट सेवा दिन नसकिएको जानकारी गराउनुभयो। रेडक्रसकर्मी गोस्वामीले धन्वन्तरी जयन्तीको विकास र आयुर्वेदको उपयोग बारे जानकारी गराउनुभएको थियो। प्रमुख प्रशासकीय अधिकृत थपलियाले आयुर्वेद शाखाले गरेका कामको प्रसंसा गर्दै थन्किएको ल्याव संचालन गर्न आवश्यक जनशक्ति व्यवस्थापनमा जोडदिने बताउनुभयो। यस्तै वडा नम्बर ५ का वडाध्यक्ष राजवंशीले कर्मचारीको व्यापक सहभागीता रहदा जनप्रतिनिधिको अनुपस्थितिको दुखेसो व्यक्त गर्नुभयो ।

कार्यक्रममा कार्यपालि सदस्य, विभिन्न शाखाका प्रमुखहरू, जनप्रतिनिधि, कर्मचारी र स्थानियको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन बाह्रदशी जिन्सी शाखा प्रमुअ राजु गिरीले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here