जेनजी आन्दोलनबाट नगरपालिकामा तीन करोड ३३ लाख बढीको क्षति

0
30

मेचीनगर।

मेचीनगर नगरपालिकामा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट तीन करोड ३३ लाख बढीको क्षति पुगेको छ ।

शुक्रबार नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष दिपक बरालले जारी गरेको विज्ञप्तिमा जेनजी आन्दोलनका क्रममा नगरपालिका कार्यालय तथा वडा कार्यालयहरूमा भएको आगजनी, तोडफोड र मालसमानमा तीन करोड ३३ लाख २८ हजार १९८ रूपैयाँ बराबरको क्षति पुगेको उल्लेख रहेको छ ।

नगरपालिकाको कार्यालयतर्फ ६८ लाख १६ हजार ३८३ रूपैयाँ ५९ पैसा बराबरको क्षति पुगेको छ ।

यस्तै, वडा कार्यालयतर्फ मेचीनगर–१, २, ३, ४, ५, ६, ७, ८, ९, १० र १५ नम्बर वडा कार्यालयमा ९६ लाख ७५ हजार ६५० रूपैयाँ १८ पैसा मूल्य बराबरको क्षति पुगेको प्रवक्ता बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here