अन्नपूर्ण कृषी सहकारीको १९ औं सभा

0
27

चुलाचुली ।

अन्नपूर्ण कृषी सहकारी सस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

इलामको चुलाचुली गाउँपालिका २ अन्नपुर्ण अर्नाखाडीमा सस्थाले आफ्नो १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सस्थाको सभाहल मा सम्पन्न सभा सस्थाका अध्यक्ष देउमान गिरीको अध्यक्षता तथा चुलाचुली गाउँपालिकाकी उपाध्यक्ष दिल कुमारी लिम्बूको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।

कार्यक्रममा सस्थाका अध्यक्ष देउमान गिरीले आर्थिक वर्ष २०८१ / ८२ मा सस्थाले ६ करोड ४५ लाख ९४ हजार ४ सय २१ रुपैया आम्दानी गरेको मा ६ करोड १९ लाख ८८ हजार ६ सय ४ रुपैया खर्च गर्दै २६ लाख ५ हजार ८ सय १७ रुपैया खुद नाफा आर्जन गरेको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सस्थाको मुख्य कारोबार दुध खरिद र विक्री रहेको हुनाले गत आर्थीक वर्षको भन्दा चालु आर्थिक वर्षमा १ करोड ९१ लाख ३१ हजार २ सय ५२ रुपैयले बढी आम्दानी गर्न सस्था सफल भएको गिरी द्वारा प्रस्तुत प्रतिवेदनमा जनाईएको छ ।

कार्यक्रम चुलाचुली गाउँपालिकाकी उपाध्यक्ष दिल कुमारी लिम्बुले स्थानिय सरकारको तर्फबाट सहकारी हरुको बृत्तीबिकास र सस्थामा कार्यारत कर्मचारी हरुको क्षमता अभिबृद्धी का लागी स्थनिय सरकार लागी परेको बताउनु भयो ।

अन्यपालिकामा मुख्य कार्यलय भई चुलाचुली गाउँपालिकामा शाखा कार्यलय मार्फत कारोवार गरिरहेका सहकारी हरुले स्थानिय स्तर मा पँुजी निर्माण भन्दा पनि सदस्य हरुलाई सुविधा दिने बहानामा स्थानिय पुँजी धमाधम पलायन हुँदै छ । यस तर्फ स्थानिय सरकारले ध्यान दिनुपर्ने साना किशान कृषी सहकारी सस्थाकी अध्यक्ष हेमकला बस्नेतले बताउनुभयो ।

सस्थाको १९ औं साधारण सभाको अवसर पारेर सस्थाका पुर्व अध्यक्ष बिष्णुभक्त पोख्रेल लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भनें जेष्ठ सदस्यहरु यज्ञ प्रसाद काफ्ले, सुक बहादुर योङहाङ, गणेस तुम्वापो र ख्याम प्रसाद दुलाल लाई समेत सम्मान गर्नुका साथै बिभिन्न दुग्ध संकलन केन्द्रमा दुध बिक्री गर्ने उत्कृष्ठ ७ जना किशान हरुलाई समेत सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here