कात्तिक १५ गतेदेखि दोस्रो पथरी शनिश्चरे आमन्त्रण गोल्डकप

0
42

छविराज ढकाल,
पथरी शनिश्चरे ।

मोरङको पथरी शनिश्चरे वडा नम्बर १ जाँते मोडमा रहेको प्रस्तावित रङ्गशालामा दोस्रो पथरी शनिश्चरे आमन्त्रण गोल्डकपको तयारी तीव्रताका साथ भइरहेको छ।

पथरी–११ फुटबल क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता कात्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुँदैछ । तीन हजार बढी दर्शकहरूले बसेर खेल प्रत्यक्ष हेर्न र मनोरञ्जन लिन सक्ने क्षमताको प्यारापिट हाल निर्माण भइरहेको छ।

अध्यक्ष सुमन विकका अनुसार सो प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन उक्त मैदानमा अहिले प्याराफिट निर्माण, घाँस काट्ने र सफाइका कामहरू तीव्र गतिमा भइरहेको छ। करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

फुटबल प्रतियोगितामा काठमाडौंमा ए डिभिजन लिग खेलिसकेका मुख्य तीन टिम, एक भारतीय टिम र अन्य स्थानीय चर्चित फुटबल क्लबहरू गरी कुल ८ वटा टिमले सहभागिता जनाउँदै छन्। गत वर्षको पहिलो संस्करणमा ललितपुरको ब्रीगेड ब्वाइज क्लबले काठमाडौंको संकटा क्लबलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here