सहारा अटो मोबाइल्सको नवौं साधारणसभा

0
115

चारपाने ।

सहारा अटो मोबाइल्स एण्ड कम्पनीको नवौं वार्षिक साधारणसभा आइतबार चारपानेमा सम्पन्न भएको छ ।

सहारा अटो ल्याण्डमा भएको सभामा कम्पनीका अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षता र सहारा नेपाल साकोसका अध्यक्ष हरिबहादुर राजवंशीको प्रमुख आतिथ्य रहेको थियो ।

कम्पनीका अध्यक्ष गिरीले कोभिडपछि कम्पनीले आशातित प्रगति गर्न नसके पनि यस वर्षबाट प्रगति हासिल गर्न सुरु गरेको बताए । गिरीले अब शेयरधनीहरु निरास हुनुपर्ने अवस्था नआउने बताए । जोखममा रहेको केही रकम र कर्जा चुक्ता गरेर कम्पनीलाई आइपीओमा लैजाने तयारीका साथ काम भइरहेको अध्यक्ष गिरीले बताए ।

प्रमुख अतिथि राजवंशीले मुख्य राजमार्गसंग जोडिएको १२ कठ्ठा भन्दा बढी आफ्नै जग्गा रहेको सहारा अटो मोबाइल्सले आगामी दिनमा उल्लेख्य प्रगति हासिल गर्ने बताए ।

कम्पनीका महाप्रवन्धक राजकुमार गौतमले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा कम्पनीले विभिन्न ब्राण्डका ४७ करोड २५ लाखको गाडी विक्री गर्ने लक्ष्य लिएको र सुरुको तीन महिनामा विक्रीमा राम्रो प्रगति भएको बताए ।

कम्पनीका सदस्य शुक्र तामाङले कार्यक्रमको सञ्चालन गरेका थिए । त्यसक्रममा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत समेत गरियो । पुरस्कृत हुनेहरुमा दाताराम दहाल, रुपेन्द्र न्यौपाने, अशोक सिटौला, नवीन गिरी, सुनिता निरौला, पूजा पौडेल, दमन्ता दंगाल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here