भद्रपुर ६ नम्बर वडा कार्यालयले बाड्यो छठ पूजा मनाउने महिलाहरुलाई साडी

0
25

भद्रपुर ।

भद्रपुर ६ नम्बर वडा कार्यालयले करिब दुई सय जना महिलाहरूलाई साडी वितरण गरेको छ ।

वडा कार्यालयले आइतबार तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्दै आउँदै गरेको छठ पर्व लक्षित गरी महिलाहरूलाई साडी वितरण गरेको हो ।

वडा अध्यक्ष रतिया राजवंशीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेलले जेनजी आन्दोलनका क्रममा नगरपालिका तथा वडा कार्यालयहरूमा आगजनी गरिएको यस्तो विषम परिस्थितिमा पनि वडा कार्यालयले दाताहरूको सहयोगमा महिलाहरूलाई साडी वितरण गरी आफ्नो काम र कर्तव्यबाट पछि नहटेकोमा प्रशंसा गरेका छन् ।

साडी वितरण कार्यक्रमलाई दाताहरू होण्डा मोटरसाइकल सोरुम बिर्तामोडका प्रोप्राइटर किरण कपुरी, आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानका अध्यक्ष सुमनसिंह राजवंशी, राजवंशी समाज विकास समिति झापा अध्यक्ष उत्तमकुमार राजवंशी, चन्द्रबहादुर विष्ट, गोपाल अग्रवाल, अजय साहेवाला, अभिषेककुमार नेपाली, नवीन चापागाईँ लगायतले सहयोग गरेको वडा सदस्य प्रकाश शर्माले जानकारी दिए ।

वडा कार्यालयले केही वर्षदेखि छठ पूजा गर्ने महिलालाई साडी वितरण गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here