फाइनलमा खुुदुनाबारी एफसी र ब्रदर युनाईटेड एफसीले प्रतिस्पर्धा गर्ने

0
37
अर्जुनधारा,
झापाको अर्जुनधारा नगरपालिका–२स्थित खुदुनाबारीमा जारी एसवाईएस प्रथम खुला नकआउट फुटबल प्रतियोगिता–२०८२को फाइनलमा खुदुनाबारी फुटबल क्लब(अर्जुनधारा नगरपालिका) र ब्रदर युनाईटेड फुटबल क्लब(भद्रपुर नगरपालिका)बीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगिता अन्र्तगत स्थानीय २ नं. वडा खेलमैदानमा आइतबार सम्पन्न भएको पहिलो सेमीफाइनलमा होक्से युवा फुटबल क्लब(बुद्धशान्ति गाँउपालिका)लाई सडन डेथमा ६–५ गोल अन्तरले र अन्तिम सेमीफाइनलमा सिद्धार्थ सातकटेरी फुटबल क्बल(अर्जुनधारा नगरपालिका)लाई २–० गोल अन्तरले पराजित गर्दै क्रमश खुदुनाबारी एफसी र ब्रदर युनाईटेड एफसी फाइनल पुग्न सफल भएको हो ।
पहिलो सेमीफाइनल खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरीमा खेल सम्पन्न भएपछि खेल टाइब्रेकरमा पुगेका थियो । टाइब्रेकरमा दुवै टिमबाट ५–५ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट भएको थियो ।
होक्से युवा एफसीका लागि खेलको २५औ मिनेटमा सञ्जय धिमालले र खुदुनाबारी एफसीका लागि खेलको ४५औ मिनेटमा राजेश दाहालले गोल गरेका थिए । खेलका उत्कृष्ट खेलाडी घोषित विजेता टिमका राजेश दाहाललाई कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, आयोजक सचेत युवा समूहका अध्यक्ष राजेन्द्रकुमार साँवा “राजा”, दाता बिनीता थापलगायतले नगद पुरस्कार एक हजारसहित ट्रफी प्रदान गरेका थिए । उक्त नगद पुरस्कार दाता महेन्द्र आङदेम्बेले सौजन्य गरेका थिए ।
त्यसैगरी सोही दिन सम्पन्न अन्तिम सेमीफाइनलमा ब्रदस युनाईटेडको जीतको लागि खेलको १४औं र २०औं मिनेटमा क्रमश सरोज कार्की र सविन थापा मगरले गोल गरेका थिए । खेलका उत्कृष्ट खेलाडी घोषित विजेता टिमका सञ्जय लिम्बूलाई दाता बिनीता थापालगायतले नगद पुरस्कार एक हजारसहित ट्रफी प्रदान गरेका थिए । उक्त नगद पुरस्कार दाता अर्जुन समाल मगरले सौजन्य गरेका थिए ।
भोली(सोमबार)को दिँउसो १ बजे हुने प्रतियोगिताको विजेता र उपविजेताले नगद पुरस्कार क्रमश ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समूहका सचिव शिव भट्टराईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here