बिर्तामोड ।

झापाको अर्जुनधारामा पूजा कोठामा लक्ष्मी पूजा गर्न राखिएको लाखौँको सुन र नगद चोरी भएको छ ।
अर्जुनधारा –६ बिहानी टोल बस्ने रमेश काफ्लेको पक्की दुई तले घरको माथिल्लो तलाबाट चोर पसी तल्लो तलामा रहेको पूजा कोठामा लक्ष्मी पूजा गर्न राखिएको सुन र नगद चोरी भएको प्रहरीले जनाएको छ ।
करिब तीन तोलाको सुनको छड्के तिलहरी, चुरा, औँठी, झुम्का र पूजा गर्न राखिएको नगद ५ हजार गरी करिब ७ लाख ५ हजार बराबरको सामान चोरी भएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






























