हत्यामा संलग्न पक्राउ

0
92

संखुवासभा ।

संखुवासभाको खाँदवारी नगरपालिका–९ का ५५ बर्षीय कर्ण बहादुर कुमालको हत्यामा संलग्न सोही स्थानका २६ बर्षीय बिक्रम कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

गत कात्तिक–४ गते साँझ बिक्रमले आफ्नै घर नजिकै आएका कर्णलाई पुरानो रिसिविको कारण आवेषमा आएर खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

घटनाबारेमा जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र बिमानस्थल सुरक्षा गार्ड तुम्लिङटारबाट खटिएको प्रहरी टोलीले घटनास्थलको कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल खाँदबारी संखुवासभा पठाएको थियो भने हत्यामा संलग्न बिक्रम कुमाललाई खुकुरी सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here