झापा ।

झापाको मेचीनगर नगरपालिका–१० टिकापुरस्थित नागरडुब्बा खोला किनारमा तत्काल नाम थर वतन नखुलेको एक पुरुष फेला परेका छन् ।
सोमवार बिहान बेवारीसे अवस्थामा मानिस फेला परेका हुन् । अन्दाजी ३५/३६ बर्षीय पुरुष मानिस वेवारीसे अवस्थामा लडिराखेको छ भनि स्थानियले इलाका प्रहरी कार्यालय धुलाबारीमा जानकारी गराएका थिए ।
जानकरी पाउन साथ इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोली गएर ती पुरुषलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । अवस्था बोल्न नसक्ने गम्भीर अवस्थामा रहेका ती व्यक्तिको आफन्तको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






























