उदाउँदो सूर्यलाई अर्घ्य दिएर बिदा गरियोे छठ

0
16

कमल ।

सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ ।

उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ ।

यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरू लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।

छठ पर्व तराई–मधेशसहित काठमाडौं उपत्यकामा उल्लासका साथ मनाइएको छ । झापामा कमल , रतुवा, कनकाई,विरिङ्ग र मेची नदि किनारामा हजारौको संख्यामा उपस्थित श्रद्धालुले छठ मनाइएका छन् ।

आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै यो सालको छठ समापन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here