जेन–जी विद्रोहको शिक्षा

0
13

सरकारको अलोकप्रियता, कुशासन र अहंकारपूर्ण कार्यशैलीले जन्मिएको नवपुस्ता जेन–जी समूहको विद्रोह मानवीय तथा भौतिक क्षतिको परिणाममा समापन भयो । भदौ २३ गते जेन–जी पुस्ताको आह्वानमा काठमाडौंमा भएको शान्त प्रदर्शनमा सरकारका तर्फबाट बर्बर दमन भएपछि हिंसामा रुपान्तरित विद्रोह आक्रामक बन्न पुग्यो जसका कारण ठूलो संख्यामा युवा पुस्ताले ज्यान गुमाउनु प¥यो भने देशको प्रमुख प्रशासनिक भवनदेखि सर्वोच्च अदालत, अख्तियार व्यवसायिक भवन तथा नेताका निजी भवनहरुमा आगजनी गरियो । आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री नै भाग्नु परेको अवस्था नेपालको इतिहासमा पहिलो घटना बन्न पुग्यो ।

सरकारप्रतिको असन्तोषले जन्मिएको आन्दोलनको पछिल्लो दिनको सरकारी दमनले देशव्यापी रुप लियो । शान्तिपूर्ण प्रदर्शनमा अत्यधिक बल प्रयोग गर्दै प्रहरीले चलाएको गोली लागेर युवाहरुको दुःखद् मृत्यु भएपछि आक्रोशमा परिणत भएको बिद्रोहमा बाह्य शक्तिको घुसपैठ हुँदा आन्दोलन अराजक बन्न पुगेको विश्लेषण भएको छ । त्यसक्रममा महŒवपूर्ण तथा राष्ट्रिय सम्पत्तिहरुमा आगजनी गरियो र राष्ट्रले ठूलो क्षति व्यहोर्नु प¥यो । शान्तिपूर्ण प्रदर्शनलाई अराजक बनाउन राजनीतिक दलकै नेता, कार्यकर्तादेखि आपराधिक पृष्ठभूमिका व्यक्तिहरुको संलग्नता र भूमिका रहेको आरोप लाग्दै आएको छ । त्यसकै रापमा झापामा समेत प्रदर्शनकारीहरुको निधन भयो । दुई सय दश वटा संरचनामा आगजनी गरिए ।

झापामा जनप्रतिनिधि, पूर्व सांसद, प्रदेश सांसद र दलका नेताहरुका निजी घरहरुमा समेत आगजनी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय तहका बाह्र वटा कार्यपालिका भवन र नब्बे वटा वडा कार्यालय समेत आगजनीमा परे । त्यस्तै प्रहरी तथा ट्राफिक प्रहरीका भवन समेत आन्दोलनकारीको आगजनीमा पर्दा झापामा सुरक्षा चुनौती थपियो । त्यसो त देशका विभिन्न ठाउँमा भएको प्रदर्शनलाई उत्तेजक बनाउन कतिपय दलका नेता–कार्यकर्ताहरु सहभागी रहेको अनुसन्धानले देखाएको छ । तर, झापामा भने अपरिचित समूहको उक्साहट रहेको बताइन्छ । जिल्लाका सबै घटनाहरुमा एकै प्रकृति देखिएको र त्यस्तो समूह अपरिचित रहेको प्रहरीको भनाइ छ । एकै दिनको केही घन्टामै भएको विद्रोह र त्यसको भयावह परिणाम नदोहोरियोस् त्यसतर्फ दलका नेता र सरकारले ध्यान दिनु पर्दछ । जनता अजेय शक्ति हुन् भन्ने सिद्ध गरेको यस्तो विनाशकारी घटना अन्तिम हुनुपर्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here