मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक

0
25

मङ्गलबारे (इलाम),

मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । गत १८ गतेको बाढी पहिरोले सडकका विभिन्न खण्ड जोखिमयुक्त रहेकाले रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।

१३ गतेदेखि कार्यान्वयन हुने गरी बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग एवम् राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात मोन्थाका कारण १३ गते दिउँसोदेखि कात्तिक १५ गते शनिबार सम्म कोशी प्रदेशको इलामसहित देशका धेरै स्थानमा मौसम प्रभावित हुने देखिएकाले सवारी सञ्चालनमा रोक लगाइएको हो ।

इलाममा यस अघिसमेत बाढीपहिरोबाट सयौँ घर विस्थापित भएका छन् । जिल्ला प्रशासनकाअनुसार गत असोज १८ गतेको बाढीकै कारण जिल्लामा ३९ जनाले ज्यान गुमाए । ३३६ घर पूूर्णरुपमा क्षति भएका छन् । ८२८ घरमा आंशिक क्षति भएको र ११ परिवारले सामुायिक भवनमा तथा ४३८ परिवारले आफन्त र छिमेकीकोमा आश्रय लिइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here