लागूऔषधसहित सात जना पक्राउ

0
43

विराटनगर ।

झापा र सुनसरीको बिभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको इलाका प्रहरी कार्यालय दमकबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–५ का बिष्णु राजवंशीलाई आफ्नै घरमा लागू औषधको बिक्रि बितरण गरीरहेको अवस्थामा ट्रामाडोल– आठ सय क्याप्सुल, स्पास्पेन तीन सय ट्याब्लेट र डाईक्लोमाईन पाँच सय ट्याब्लेट सहित संलग्न सोही स्थानका मौसम तामाङ, सावन जगेबु, रुस्तम बर्देवा र रुचल मगरलाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले संखुवासभाको धर्मदेव नगरपालिका–४ का ओमनाथ घिमरेलाई ब्राउन सुगर दुई ग्राम तीन सय ६० मिलिग्रामसहित र इलाका प्रहरी कार्यालय धरानले बिभिन्न किसिमका लागूऔषध तीन सय १७ ट्याव्लेट सहित धरान उप(महानगरपालिका–५ का रेहान लिम्बूलाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here