शिवसताक्षीका युवक बेपत्ता, मेचीनगरमा गाडीमा आगजनी

0
459

झापा।

झापाको मेचीनगर–१३ चारआली भद्रपुर रोड नजिकको हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको अवस्थामा एउटा कार फेला परेको छ। आगोमा जलेको उक्त कार शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका सरोज शर्माको भएको पुष्टि भएको छ।

३२ वर्षीय सरोज शर्मा ५ दिनअघि गाडी सहित बेपत्ता भएको परिवारले जनाएको छ। उनका बुबा सकलदेव शर्माका अनुसार आइतबारदेखि छोरो र गाडी दुबै सम्पर्कविहीन थिए। उक्त गाडीको अल्फाबेट नकुलले पनि गाडी नम्बर भने ७१९४ रहेको सकलदेवले बताए ।

आज बिहान जंगलभित्र कारमा आगो बलिरहेको देखेपछि स्थानीयले प्रहरी र बारुण यन्त्रलाई खबर गरेका थिए। आगो निभाएपछि प्रहरीको टोलीले घटनास्थल नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनाबारे स्वतन्त्र रुपमा पुष्टि हुन बाँकी भए पनि आगजनी भएको गाडी शिवसताक्षीबाट हराएको कार हुनसक्ने हामीले पनि अनुमान गरेका छौं।

सरोजको मोबाइल फोन अहिले पनि बन्द रहेको र उनको अवस्था अज्ञात रहँदा परिवारमा थप सन्त्रास फैलिएको छ। प्रहरीका अनुसार बेपत्ता व्यक्ति र गाडीको सम्बन्ध स्पष्ट पार्न घटनास्थलको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here