मचिन्द्र सुब्बा स्मृति भेट्रान फुटबल प्रतियोगितामा अर्जुनधारा–१ विजयी

0
29
अर्जुनधारा। 
झापाको अर्जुनधारा नगरपालिका–९स्थित खरबन्दीमा जारी मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरिय भेट्रान नकआउट फुटबल प्रतियोगितामा अर्जुनधारा नगरपालिका–१ नं वडा विजयी भएको छ ।
स्थानीय नमूना खेलमैदानमा बिहीबार सम्पन्न भएको खेलमा अर्जुनधारा नगरपालिका–९लाई ५–० गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–१ नं. वडा विजयी भएको हो ।
अर्जुनधारा–१को जीतको लागि खेलको ३१औं र ४४औं मिनेटमा समिर सुब्बाले गोल गरेका थिए । त्यसैगरी खेलको २३औं, ४२औं र ४९औं मिनेटमा क्रमश विक्रम गोले, सूर्यबहादुर तामाङ र विजय सेन्दाङले गोल गरेका थिए ।
खेलमा दुई गोल गर्ने विजेता टिमका समिर सुब्बा उत्कृष्ट खेलाडी भएका थिए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”लगायतले नगद पुरस्कार १५ सयबाट पुरस्कृत गरेका थिए । उक्त नगद पुरस्कार बुद्धशान्ति गाँउपालिका–२ निवासी युवा व्यवसायी गंगा गौतमले सौजन्य गरेका थिए ।
भोलि(शुक्रबार)को खेल दिँउसो ३ बजे अर्जुनधारा नगरपालिका वडा नं. २ र अर्जुनधारा नगरपालिका वडा नं. १०बीच हुने आयोजक गोलधाप युवा क्लबका सदस्य मौसम मगर “आईडु”ले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here