बिर्तामोड ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको सातौं बार्षिक साधरणसभा तथा चौंथो अधिबेशनको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बिर्तामोडस्थित सिद्धार्थ ग्राण्ड होटलमा भएको रक्तदान कार्यक्रममा ३० जनाभन्दा धेरैले रक्तदान गरेका थिए । झापामा रगत अभाव भइरहेका बेला इक्यान झापाले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरेको इक्यान झापाका समाजिक उत्तरदायित्व (सीएसआर) प्रमुख प्रकाश पराजुलीले जानकारी दिए ।
बढ्दो रगतको अभावलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको पराजुलीले बताए । रक्तदान कार्यक्रममा बिर्तामोड रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो ।
शैक्षिक परामर्शसंगै इक्यान झापा सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ ।































