झापा, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी र झापा टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा “क्यारियर क्रसरोड” कार्यक्रम सम्पन्न भएको छ।
अक्टोबर ३० मा सम्पन्न उक्त कार्यक्रम युवाहरूमा उद्यमशीलता, नेतृत्व क्षमता र करियर विकासप्रति चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो।
कार्यक्रममा कन्टेन्ट क्रिएटर स्वेता बुढाथोकी, फेसन डिजाइनर नूर श्रेष्ठ, चार्टर्ड एकाउन्टेन्ट राहुल साहेवाला, र शिक्षाविद् भिक्टर आइ जोसेफ प्यानलिस्टका रूपमा सहभागी रहेका थिए। उनीहरूले आफ्ना अनुभव, चुनौती र सफलता कथाहरू साझा गर्दै युवाहरूलाई आफ्ना सम्भावना पहिचान गर्न र नयाँ अवसरहरू खोज्न प्रेरित गरेका थिए।
कार्यक्रममा विशेष मुख्य वक्ताका रूपमा फनिन्द्र दाहालले “ग्लोबल अप्सन एभाल्युएसन” विषयमा प्रेरणादायी मन्तव्य प्रस्तुत गरेका थिए।
आयोजक संस्थाहरूका प्रतिनिधिहरूले यस्ता सहकार्यात्मक कार्यक्रमहरूले युवाबीच नेटवर्किङ, आत्मविश्वास र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।






























