विशाल कृषि सहकारीको सभा

0
22

रत्नबहादुर बस्नेत
बिर्तामोड ।

बिर्तामोड -१० सैनिकबजार मुख्य कार्यालय रहेको विशाल कृषि सहकारी संस्था लिमिटेडको १२ अौं वार्षिक साधरणसभा तथा अन्तिम माइन्युट प्रमाणीकरण सभा सम्पन्न भएको छ।

संस्थाका सञ्चालक समिति अध्यक्ष सन्तोषकुमार राईको अध्यक्षता तथा बिर्तामोड -१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष तारा कार्कीले स्वागत गरेकी थिइन।

कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका अध्यक्ष राईले प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखासुपरीवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक डिल्लीराम भण्डारीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमला गौतमले प्रस्तुत गरेकी थिइन्।

प्रतिवेदन अनुसार संस्थाको सेयर पुँजी १ करोड ९१ लाख२० हजार ६सय रुपैयाँ, निक्षेप मौज्दात ६ करोड ९५ लाख ६५ हजार ८सय८०, कर्जा लगानी ७ करोड ५८लाख तीन हजार ८सय २३ रुपैयाँ रहेको छ। हाल तीन हजार सात सय२३ जना शेयर सदस्य रहेको संस्थाले यस वर्ष १६ लाख६४हजार चार सय ५६ रुपैयाँ नाफा गर्न सफल भएको छ।

अर्जुनधारा, हल्दिबारी र बिर्तामोड नगरपालिका कार्यक्षेत्र रहेको संस्थाले वित्तीय कारोवारसँगै सदस्यहरुको कृषि उत्पादन प्रबर्द्धन गर्ने उद्देश्यले मलखाद, उन्नत बीऊबिजन, कृृषि उपकरण तथा अन्य सामाग्री सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको उल्लेख छ।

त्यस्तै ऋण बिमा कार्यक्रम, महिला सदस्यका लागि सत्केरी सुविधा कार्यक्रम लगायत भावी कार्यक्रम रहेको तथा सदस्यको वित्तीय सुविधा, माटो परीक्षणलगायत कार्यलाई निरन्तरता दिइने प्रतिवेदनमा उल्लेख गरिएको छ। यस अघि तीन वटै क्षेत्रमा इकाइगत साधरणसभा सम्पन्न भइसकेको व्यवस्थापक हेमराज खनालले जानकारी दिए।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष गुरुङ, संस्थाका सल्लाहकार संयोजक तथा शिक्षासेवी देवेन्द्र गौतम, जिल्ला वचत तथा ऋण सहकारी संघ झापाका सदस्य कृष्णप्रसाद पोखरेल, सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष ज्ञानुनाथ मैनाली, सल्लाहकार तथा शिक्षासेवी मनु मुखियालगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा जेष्ठ सदस्य रामबहादुर राई, लीलादेवी मुखिया, उत्कृष्ट बाल वचतकर्ता सेनिहाङमा लिम्बू, उत्कृष्ट वचतकर्ता राजन लिम्बू, रमिला राई, उत्कृष्ट ऋणी मित्रसेन गुरुङ, राधिका सुबेदी र उत्कृष्ट कर्मचारी प्रविन गौतमलाई सम्मान गरिएको थियो।

कार्यक्रममा बिर्तामोड नगरपालिका पूर्व कार्यपालिका सदस्य गीता घिमिरे, भूपू सैनिक स्मारक प्रतिष्ठानका अध्यक्ष ज्ञानबहादुर गुरुङ, अन्नपूर्व कृषि सहकारीका गोपाल शिवाकोटी, नेपाल बहुउद्देश्यीय सहकारी संस्था(एनएमसी) सैनिकबजार सेवाकेन्द्रगत उपसमिति सदस्य तथा सञ्चारकर्मी रत्न बस्नेत,सैनिक सेवा समाजका उपाध्यक्ष लक्ष्मी देवान राई, सैनिकबजार टोल विकास संस्थाका अध्यक्ष कविता घले गुरुङलगातको आतिथ्य रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव पृथ्वी बस्नेतले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here