कम्प्युटर ल्यावका लागि रोटरी क्लव अफ बिर्तामोडले २१ सेट कम्युटर प्रदान

0
52

बिर्तामोड । झापाको बिर्तामोड–५ स्थित देवी माध्यमिक बिद्यालयमा स्थापना गरिएको कम्प्युटर ल्यावका लागि रोटरी क्लव अफ बिर्तामोडले २१ सेट कम्युटर प्रदान गरेको छ ।
रोटरी क्लव अफ बिर्तामोड, रोटरेक्ट क्लब अफ बिर्तामोड र एजुटेक्ट नेपालको साझेदारीमा १० लाख रुपैयाँ बराबरको २१ सेट कम्प्युटर बिद्यालयको कम्प्युटर ल्यावलाई आज (आइतवार) हस्तान्तरण गरिएको हो ।
रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवी जयनारायण ढुङ्गानाको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि ढुङ्गानाले बिद्यालयको कम्प्युटर ल्यावको समेत उद्घाटन गरेका छन् ।
बिद्यालयको करिव २ लाख ५० रुपैयाँ बराबरको फर्निचरसहित ल्याव स्थापना गरिएको र सो ल्यावका लागि रोटरी क्लव अफ बिर्तामोडले १० लाख रुपैयाँ बराबरको २१ सेट कम्प्युटर प्रदान गरेको अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए ।
कम्युटर ल्याव उद्घाटन अघि भएको संक्षिप्त कार्यक्रममा प्रमुख अतिथि ढुङ्गाना, देवी मावि विद्यालय ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष आशिष बन, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, बिद्यालयकी प्रधानाध्यापक अम्बिका श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत रोटरी क्लव अफ बिर्तामोडका पूर्व अध्यक्ष सुरेश वंशलले गरेको कार्यक्रमको सञ्चालन सचिव सन्ध्या राठीले गरेकी थिइन् ।
कार्यक्रममा रोटरी क्लवकी ड्रिस्टिक गर्भनर निकिता गिरी, पूर्व अध्यक्षहरु मिनप्रकाश मैनाली, बविता गिरी, बिद्यालयका शिक्षक, कर्मचारी, बिद्यार्थीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here