अर्जुनधारा–१ भेट्रान फुटबल प्रतियोगिताको सेमीमा 

0
30
अर्जुनधारा।
 
झापाको अर्जुनधारा नगरपालिका–९स्थित खरबन्दीमा जारी मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरिय भेट्रान नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा अर्जुनधारा नगरपालिका–१ नं. वडा पुग्न सफल भएको छ ।
स्थानीय नमूना खेलमैदानमा आइतबार सम्पन्न भएको खेलमा अर्जुनधारा नगरपालिका–३ नं. वडालाई ५–० गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–१ नं. वडा सेमीफाइनलमा पुग्न सफल भएको हो ।
अर्जुनधारा–१को जीतको लागि खेलको चौथो, ३१औं र ५९औं मिनेटमा क्रमश समिर सुब्बा, विक्रम गोले र विजय सेन्दाङले गोल गरेका थिए । थप दुई गोल खेलको ४५औं र ५१औं मिनेटमा सुवास राईले गरेका थिए ।
खेलमा विजेता टिमका विक्रम गोले उत्कृष्ट खेलाडी भएका थिए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”, नमूना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जागिरमान राईलगायतले नगद पुरस्कार १५ सयबाट पुरस्कृत गरेका थिए । उक्त नगद पुरस्कार बिर्तामोड नगरपालिका–४ निवासी युवा व्यवसायी विवेक जवेगुले सौजन्य गरेका थिए ।
भोलि(सोमबार)को खेल दिँउसो ३ बजे अर्जुनधारा नगरपालिका वडा नं. ४ र अर्जुनधारा नगरपालिका वडा नं. ११बीच हुने आयोजक क्लबका उपाध्यक्ष सुमन चिमरीयाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here