विराटनगर । 
उदयपुर, मोरङ, सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डिगढी नगरपालिका–७ का पर्शुराम तिमल्सिना र चौदण्डिगढी–६ का बिबेक राईलाई लागूऔषध ३३ एम्पुल सहित, बेलका नगरपालिका–९ का बलबहादुर बिकलाई १० किलोग्राम २३० ग्राम गाँजा सहित पक्राउ गरेको छ ।
कोठु दोभान स्थित सप्तकोशी नदीमा दुई वटा रबरको ट्युबमा ६ वटा बोरामा रेहेको एक सय ३४ किलोग्राम गाँजा बग्दै गरेको अवस्थामा बरामद गरेको हो ।
त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी नगरपालिका–१० का झलकनाथ अर्यालको साथबाट विभिन्न प्रकारका प्रतिबन्धित औषधी एक सय १९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।
सुनसरीको प्रहरी चौकी भरौलले बराहक्षेत्र नगरपालिका–८ का इन्द्र बहादुर परियारलाई ट्रामाडोल २५ क्याप्सुल र नियन्त्रित लागू औषध ४५ ट्याब्लेटसहित पक्राउ गरेको हो ।
यसका साथै लागू औषध नियन्त्रण ब्युरो विराटनगरले मोरङको सुन्दरहरैचा–४ का रोमन राई र केरावारी–१० का पुर्ण तामाङलाई १२ ग्राम ८१ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित विराटनगर–१६ स्थितबाट नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।






























