लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

0
69

विराटनगर।

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका-६ बाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले नुवाकोटका २७ बर्षीय राम बहादुर तामाङलाई १७ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सुनसरीको कोशी गाउँपालिका-१ बाट जिल्ला प्रहरी कार्यालय सुनसरीले धादिङका ३० बर्षीय बिष्णु अधिकारीलाई ९ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने लागू औषध नियन्त्रण ब्युरो बिराटनगरले मोरङको केराबारी गाउँपालिका-८ का १९ बर्षीय आशिष श्रेष्ठलाई ३ ग्राम १८ मिलिग्राम सहित बिराटनगर-१५ बाट नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरुको थप अनुन्सधान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here