
आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपका लागि नेपाल छनोट भयो । गत महिना ओमानमा भएको विश्वकप छनोट प्रतियोगितामा नेपाल अपराजित रहँदै विश्वकपमा स्थान बनाउन सफल भयो । त्यसलगत्तै ओमानबाट नेपाली टोली युएई गयो, आईसिसी सिडब्लुसी लिग–२ का खेल खेल्न ।
ओमानमा टी–२० मा राम्रो प्रदर्शनपछि नेपाली टोली र समर्थक दुबै हौसिएका थिए । तर, अहिले युएईमा खेलको स्वरुप मात्र परिवर्तन भएको छैन, नेपाली टोलीको प्रदर्शन र नतिजा पनि आशा गरिएको भन्दा फरक आइरहेको छ । ओमानबाट युएई गएको नेपाली टोलीले आफ्नो उच्च लय कायम राख्दै चारवटै एकदिवसीयमा जित निकाल्ने आँकलन थियो । तर, तीनवटा खेल सकिँदासम्म नतिजा नेपालको पक्षमा छैन । यो लिग–२ क्रिकट के हो भन्नेबारे पनि धेरैलाई थाहा नहन सक्छ । लिग–२ क्रिकेटमा राम्रो प्रदर्शन भएमा मात्रै नेपालले एकदिवसीय हैसियत जोगाउँछ । नत्र हैसियत नै गुम्न पनि सक्छ । लिग–२ मा राम्रो प्रदर्शन भएमा मात्रै नेपालले एकदिवसीय विश्वकपका लागि छनोट प्रतियोगितामा भाग लिन पाउँछ । एकदिवसीय विश्वकप छनोट खेल्न र एकदिवसीय मान्यता कायम राख्नका लागि लिग–२ महत्वपूर्ण प्रतियोगिता हो ।
सन् २०१९ बाट आईसिसीले सिडब्लुसी लिग–२ खेलाउँदै आएको छ । लिगको पहिलो संस्करण २०१९ देखि २०२३ सम्म चलेको थियो । प्रतियोगितामा नेपाल, स्कटल्याण्ड, युएई, नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका गरेर सात टोली सहभागी थिए । त्यस प्रतियोगिताबाट शिर्ष स्थानमा रहँदै स्कटल्याण्ड, ओमान र नेपाल आईसिसी विश्वकप छनौट प्रतियोगितामा स्थान बनाउन सफल भएका थिए । र, यी तीन टोलीले सन् २०२७ सम्मका लागि एकदिवसीय मान्यता पनि सुरक्षित गरे ।
यसै प्रतियोगिताबाट अंकतालिकाको पुछारमा रहेका चार टोली नामिबिया, अमेरिका, पपुवान्युगिनी र युएई विश्वकप छनोटको प्लेअफ खेल्न पुगे । त्यहाँ च्यालेन्ज लिगबाट आएका थप दुई टोली क्यानडा र जर्सीसँग उनीहरुले खेल्नुप¥यो । विश्वकप छनोटको ‘प्लेअफ २०२३’ प्रतियोगिता सकिँदा अंकतालिकाको शिर्ष स्थानमा रहेका अमेरिका र युएई विश्वकप छनोट खेल्न सफल भए । अंकतालिकाको शिर्ष चारमा परेकाले नामिबियाले एकदिवसीय मान्यता जोगायो । उता क्यानडाले पनि एकदिवसीय मान्यता पायो । उता अंकतालिकाको पुछारमा पुगेको पपुवा न्युगिनीले एकदिवसीय मान्यता गुमायो ।
आइसिसी सिडब्लुसी लिग–२ को यो दोस्रो संस्करण हो । यस संस्करणमा जम्मा आठ टोलीबीच प्रतिस्पर्धा भइरहेको छ । अमेरिका, स्कटल्याण्ड, नेदरल्याण्ड्स, ओमान, नामिबिया, क्यानडा, नेपाल र युएई । सन् २०२४ बाट शुरु भएको यो प्रतियोगिता सन् २०२६ को अन्त्यसम्म चल्नेछ । राउण्ड रोविन लिग ‘होम एण्ड अवे’ गर्दै विभिन्न समय र स्थानमा खेलाइँदैछ । यस प्रतियोगितामा नेपालले लय समात्न सकेकै छैन । पहिलो संस्करणमा पनि चुनौति वेहोरेको नेपालले आश्चर्यजनक पुनरागमन गर्दै प्रतियोगिताको सुखद् अन्त्य गरेको थियो । त्यस समय नेपालले लिगका पछिल्ला १२ मध्ये ११ खेलमा जित हासिल गरेर प्रतियोगिताको शिर्ष तीनमा आफूलाई अटाएको थियो । यस संस्करणमा पनि नेपाल शुरुवातदेखि नै त्यति राम्रो लयमा छैन ।
सन् २०२४ को फेब्रुअरीमा नेपालले यो प्रतियोगिताको पहिलो खेल नामिबियाबिरुद्ध खेल्यो । घरेलु मैदान टियु क्रिकेट ग्राउण्डमा नेपालले खेलको नतिजा नामिबियालाई सुम्पियो । दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको नेपालले अर्को जित निकाल्न दशौँ खेलसम्म कुर्नुप¥यो । लिगको पहिलो राउण्ड घरेलु मैदानमा नेदरल्याण्ड्स र नामिबियासँग खेल्दा चारमध्ये एक खेल जितेको नेपाल दोस्रोे राउण्डमा क्यानडा र ओमानसँग जितविहीन बन्यो । क्यानडामा खेलिएका तीन खेलमा हार बेहो¥यो । अन्तिम खेल वर्षाले रद्द हुँदा नेपालले ओमानसँग अंक बाँढेको थियो ।
लिगको तेस्रो राउण्ड खेल्न नेपाल २०२४ को अक्टोबरमा अमेरिका गयो । त्यहाँ पनि नेपालले राम्रो नतिजा निकाल्न सकेन । खेलिएका चारमध्ये एक खेलमा जित निकालेको टोलीले थप एक अंक बोनस लिएर नेपाल फर्कियो । अमेरिका र स्कटल्याण्डसँग खेलिएका खेलमध्ये स्कटल्याण्डलाई नेपालले एक खेलमा हरायो । अर्को खेल वर्षाले प्रभावित हुँदा अंक बाँडिएको थियो । सन् २०२५ को जुनमा स्कटल्याण्ड पुगेको नेपाली टोलीले यस प्रतियोगितामा सुखद् नतिजा निकाल्यो । यसलाई नेपाली टोलीको यस प्रतियोगिताकै सफल राउण्ड मानिन्छ । त्यहाँ खेलिएका चार खेलमध्ये नेपाल तीन खेलमा विजयी बन्यो । यस प्रतियोगिताको पाँचौं राउण्ड अहिले युएईमा भइरहेको छ । यस राउण्डमा नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा थियो । तर, चारमध्येका तीन खेल खेलिसक्दा नेपाल जितविहीन छ । नेपालले आगामी बुधबार युएईसँग अन्तिम खेल खेल्नेछ ।
अहिलेसम्म नेपालले १९ खेल खेलिसकेको छ । जम्मा पाँचवटा खेलमा जित निकालेको नेपाल १२ अंकका साथमा अंकतालिकाको सातौं स्थानमा छ । नेपालले अब १७ खेल खेल्न बाँकी छ । अबका खेलमा नेपालले बुधबार युएईसँग र आगामी मार्चमा नेपालमा नै ओमान र युएईसँग खेल्नुपर्नेछ । सन् २०२६ को अगस्टमा नेदरल्याण्ड्समा नामिबिया र नेदल्याण्डसँग तथा अक्टोबरमा ओमानमा क्यानडा र ओमानसँग खेल्नेछ । यस प्रतियोगितामा नेपालले अन्तिम राउण्ड घरेलु मैदानमा स्कटल्याण्ड र अमेरिकासँग २०२६ को नोभेम्बरमा खेल्नेछ । प्रतियोगिता सम्पन्न हुँदा अंकतालिकाको शिर्ष चारमा अटाएका टोलीले अरु चार वर्षका लागि एकदिवसीय मान्यता सुरक्षित गर्दै एकदिवसीय विश्वकप छनोटमा पनि सोझै स्थान बनाउने छन् ।
कहा चुक्यो नेपाल ?
नेपाल यस प्रतियोगिताको उद्घाटन खेलदेखि नै चुक्न पुग्यो । प्रतियोगिताकै पहिलो खेल नामिबिया र नेपालबीच त्रिवि क्रिकेट मैदानमा भएको थियो । घरेलु मैदानमा दर्शकको साथ पाउँदा पनि नामिबियालाई नेपालले खेलको नतिजा सुम्पियो । त्यो राउण्डमा नेपालले घरेलु मैदानको भरपुर फाइदा लिनुपर्ने थियो । तर, त्यसबेला खेलिएका चारमध्ये जम्मा एक खेलमा मात्र जित हात लाग्यो । राउण्ड–२ पनि नेपालका लागि बिर्सनलायक छ । सन् २०२४ सेम्टेम्बरमा क्यानडा गएको नेपालले त्यहाँ क्यानडासँग दुबै खेल हार्न पुग्यो । तुलनात्मक रुपमा कमजोर मानिएको क्यानडालाई हराएर महŒवपूर्ण चार अंक जोड्ने आश गरिएकोमा क्यानडाबाट नेपाल एक अंक लिएर घर फर्कियो ।
पहिलो खेलमा ओमानसँग हारेको नेपालले दोस्रो खेल रद्द भएपछि एक अंक पाएको थियो । २०२४ कै अक्टोबरमा नेपाल लिगको तेश्रो राउण्ड खेल्न अमेरिका हानियो । त्यहाँ बलिया टोली अमेरिका र स्कटल्याण्डसँग प्रतिस्पर्धा भयो । खलिएका चारमध्ये अमेरिकाले दुबै खेल जित्यो । स्कटल्याण्डसँगको पहिलो खेल नेपालले जित्दा दोस्रो खेलमा वर्षा बाधक बन्यो । अमेरिकाबाट नेपाली टोलीले तीन अंक हात लगायो । गत जुनमा स्कटल्याण्डमा भएको चौथो राउण्डमा भने नेपालले राम्रो प्रदर्शन ग¥यो । स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्दै नेपालले महŒवपूर्ण छ अंक हात पा¥यो । स्कटल्याण्डसँगको हाइ–स्कोर म्याच मात्र दुई रनले हार्न पुगेको थियो त्यस बेला । तीन सय २४ रनको लक्ष्य पछ्याएको नेपालले तीन सय २१ रन बनाएको थियो । यो हार पनि जित बराबर नै थियो ।
अहिले युएईमा चलिरहेको नेपालको पाचौं राउण्डको खेल हो । ओमानमा राम्रो खेल खेलेर युएई हानिएको टोलीले चारवटा नै खेल जित्न सक्ने समर्थकको आशा थियो । यस राउण्डबाट नेपालले कम्तिमा पनि चार अंक हात पार्ने सबैको विश्वास थियो । तर, एक खेल खेल्न बाँकी छँदा दुई अंक आउने–नआउने निश्चित छैन । अमेरिकाको टोलीमा भारतको रणजी ट्रफी खेलिसकेका अनुभवी खेलाडीको बाहुल्य छ । अमेरिका उच्च लयमा पनि छ यो समय । अहिले नेपालले हराउन सक्ने युएईलाई हो । तर, युएईसँग पनि नेपालले हा¥यो । अब नेपालले बुधबार फेरि युएईसँग अन्तिम खेल खेल्दैछ । यो खेलमा जित निकाल्न सके यो राउण्डमा नेपाल ‘निल’ हुने छैन ।
नेपाल क्रिकेटको अबको यात्रा
नेपाल अहिले आईसीसी सिडब्लुसी लिग–२ को कठिन मोडमा उभिएको छ । खेलिएका खेल, नतिजा, प्रदर्शन र अंक तालिका हेर्ने हो भने सन्तोषजनक छैन । प्रतियोगिताको पाँचौं राउण्ड खेलिरहेको नेपालले चौथो राउण्डमा बाहेक अन्यमा सन्तोषजक प्रदर्शन गर्न सकेन । अब बाँकी १७ खेल नेपालका लागि अन्यन्तै महŒवपूर्ण छन् । बाँकी खेलहरुको नतिजाले नै नेपालको क्रिकेटको भविष्य बनाउने छ । गत संस्करणमा जस्तै आश्चर्यजनक पुनरागमन गर्न सके नेपाल एकदिवसीय मान्यता जोगाउँदै सोभैm विश्वकप छनोटमा स्थान बनाउन सफल हुनेछ । तर, यो सम्भावना असाध्यै न्यून छ ।
यदि नेपाल अंकतालिकाको शिर्ष चारमा पर्न नसकेमा विश्वकप क्रिकेट २०२७ छनोटको प्लेअफ खेल्नेछ । अहिले नै कुन–कुन टिमले विश्वकप क्रिकेट छनोटको प्लेअफ खेल्छन् भनेर ठोकुवा गर्न सकिने अवस्था छैन । तर, लिग–२ को अंक तालिकामा पुछारमा रहेका चार टोली अहिलेको स्थितिमा क्यानडा, नामिबिया, नेपाल र युएई रहेका छन् । चामत्कारिक नतिजा हात नलागे यिनै चार टोलीले च्यालेञ्ज लिगबाट आउने सम्भाव्य टोली जर्सी, कुवेत, युगाण्डा र इटालीसँग विश्वकप क्रिकेट २०२७ छनोटको प्लेअफ खेल्नेछन् । प्लेअफको शिर्ष ४ मा पर्न सके एकदिवसीय मान्यता जोगाउँदै नेपाल विश्वकप छनौट प्रतियोगितामा पुग्नेछ । यदि शिर्ष ४ भित्र नपरेको खण्डमा पपुवा न्युगिनीको जस्तै नेपालको पनि एकदिवसीय मान्यता गुम्नेछ ।

























