झापा ।

झापाको छुट्टा–छुट्टै दुई स्थानबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भद्रपुर नगपालिका–५ बाट वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–३ का राजु माझीलाई ७ ग्राम २६० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी बुट्टाबारीले बिर्तामोड नगरपालिका–६ का संजय गिरी र सोम बहादुर राईलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणममा लिएको हो ।
पक्राउ परेका उनीहरुको थप अनुन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।






























