
कोभिड–१९महामारी पछिको थिलथिलिएको अहिलेको विश्वमा मानिस मानसिक रूपमा अझै माथि उठ्न सकेका छैनन् । आध्यात्मिक रुपमा भनिन्छ, कैयौं मानिसहरुको अकालमै मृत्यु भएकोले गर्दा ती आत्माहरु भड्किरहेका छन् । अहिले मानिसमा डर, त्रास, निराशा, अशान्ति, चिड्चिडापन तथा डिप्रेसन पर्याप्त रुपमा देख्न पाइन्छ । कतिपय रोगहरूसँग लड्न आधुनिक औषधिहरूले पनि कम काम गरिरहेको वा काम नै नगरिरहेको यथार्थ हामीहरू माझ प्रष्ट छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले पनि आउँदा दिनहरूमा एन्टिबायोटिक बेअसर हँुदै जाने वा एउटा अवस्थामा काम नै नगर्ने आशय प्रकट गरिरहेको छ ।
कुनै पनि रोग शुरुमा नै उपचार गरियो भने सामान्य प्रकारले थोरै खर्चमा उपचार हुन्छ भने त्यसलाई समयमा उपचार नगर्दा अवस्था गम्भीर भई स्थानीय ठाउँमा उपचार सम्भव नहुने पनि हुन सक्छ । उदाहरुणका लागि सामान्य रुघाखोकी लागेमा समयमा नै सावधानी अपनाइयो र स्थानीय ठाउँमै स्वास्थ्यकर्मीद्वारा उपचारमा ध्यान दिइयो भने स्थानीय ठाउँमा उपचार हुन्छ भने लापरवाही गरियो भने त्यही रुघाखोकीसँग सम्बन्धी समस्या बिकराल भई घातक रोग निमोनिया सम्म हुन्छ र पछि आइसीयुसम्ममा राखी उपचार गर्नुपर्ने हुन सक्छ । यस्तै कतिपय भयानक अवस्थामा मृत्युवरणसम्म गर्नुपरेको हामीले देख्दै आएका छौं ।
पाचन प्रणाली अन्तर्गत मलद्वार सम्बन्धी रोगहरू जस्तैः पाइल्स, फिसर, फिस्टुला, सेन्टिनल ट्याग, एनल ट्याग, अपच जस्ता रोगहरू ३५% भन्दा बढी मानिसहरुमा रहेको विभिन्न अनुसन्धानहरूले देखाएको छ । नेपालको जनसंख्या तीन करोडलाई नै मान्ने हो भने लाखौं मानिसहरुमा यी समस्याहरू व्याप्त रहेको छ । असन्तुलित खानपान तथा व्यस्त जीवनशैली, पानी तथा झोल पदार्थको अपर्याप्त सेवन, अनिद्रा, चुरोट÷तम्बाकु, जाँड, रक्सी सेवन आदिले यस्ता स्वास्थ्य समस्याहरु हुने गरेको पाइन्छ ।
यस्ता स्वास्थ्य समस्याहरु जन्मजात नभई जीवन भोगाईको पछिल्लो समयमा हुनेगरेको छ । यस्ता समस्याहरू सकभर गोप्य नै राख्न मन पराउने वा गोप्य नै राख्ने परिपाटीले हाम्रो समाजमा यस्ता रोगहरुलाई गोप्य रोग भन्ने गरिन्छ । अरूले थाहा पाउलान् कि भन्ने लाज तथा डरको कारणले डिप्रेसनसम्मका समस्याहरू पनि देख्न सकिन्छ, जस कारणले स्वास्थ्य समाज निर्माणमा कठिनाइ भइरहेको छ ।
मोरङ जिल्लाको उर्लाबारीमा प्रधान कार्यालय रही मधेश प्रदेश तथा बाग्मती प्रदेशमा आफ्ना शाखाहरू विस्तार गरी विभिन्न सामाजिक कार्य गर्दै आएको एन्जल फाउन्डेशन (गैर सरकारी संस्था)ले गरेको अनुसन्धान अनुसार यी समस्याहरू प्रायः महिलामा देखापर्ने गरेको र नेपालमा लाखौं मानिसहरुमा रहेको छ । यस संस्थाले हालसम्म २९ हजार चार सय जनाभन्दा बढीलाई निःशुल्क स्वास्थ्य परीक्षण गरेको र चार हजार एक सयभन्दा बढीलाई विशेषज्ञ डाक्टरहरुद्वारा बिना अपरेशन उपचार गर्न सफल भएको छ ।
यस्ता गोप्यहरूको रोकथाम अन्तर्गत स्वास्थ्य तथा सन्तुलित खाना खाने, पानी तथा पेय पदार्थ पर्याप्त मात्राामा सेवन गर्ने, माछा, मासुजन्य पदार्थको अधिक प्रयोग नगर्ने, मदिरा, चुरोट÷तम्बाकु सेवन नगर्ने, हरियो सागपात फलफूल आदि फाइबरजन्य खानेकुरा प्रशस्त सेवन गर्ने र कब्जियत हुन नदिने हो भने पाइल्स, फिसर, फिस्टुला, एनल ट्याग, सेन्टिनल ट्याग आदि रोगहरूलाई रोकथाम गर्न सकिन्छ ।
























