महिला बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न

0
107

बिर्तामोड । यहाँस्थित आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा आयोजित साधारणसभामा अध्यक्षीय मन्तब्य राख्दै उहाँले अन्य सहकारी संस्थामा जस्तो अप्ठ्यारो अवस्था आत्मनिर्भर महिला साकोसले व्यहोर्नु नपरेकोमा सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । 

सबै सञ्चालक एवम् शेयर सदस्यहरु संस्थामा नै पुगेर वित्तीय कारोबार गर्नुहुन्छ, हामीले बचत संकलन गर्न कुनै कर्मचारी खटाउनु परेको छैनु उहाँले भन्नुभयो, ुसंस्थाका विषयमा कुनै जिज्ञासा लिएर आउने सदस्यहरुलाई हरेक दिन जसो हामी प्रष्ट पारिरहेका हुन्छौं ।

जबसम्म शेयर सदस्य, सञ्चालक र कर्मचारीहरु बीच पारदर्शी व्यवहार हुन्छ, तबसम्म कुनै पनि सहकारीमा अप्ठ्यारो नआउने रहेछ, हामी यही सुखद क्षणमा छौुं अध्यक्ष प्रसाईको भनाई थियो ।

बिर्तामोड नगरपालिकाका प्रमुखसमेत रहनु भएकी साकोसका अध्यक्ष प्रसाईंले भन्नुभयो, ुआत्मनिर्भर महिला साकोसले सुरुवातदेखि नै सहकारी ऐन तथा नियमको पूर्ण पालना गरेर कारोबार गरिरहेको छ र सिस्टममा रहेर कारोबार गरियो भने बाह्य प्रभावले असर पार्दैन रहेछ भन्ने कुरा प्रष्ट्याँछु ।ु

लगभग सबैजसो सदस्य महिला रहेको सो संस्थामा केही पुरुष बालबचतकर्ताहरु साबालक भइसकेकाले अब उनीहरुलाई पनि सदस्यता प्रदान गरिने अध्यक्ष प्रसाईंले जानकारी गराउनु भयो ।

सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम केही पत्रकारहरुको उपस्थितिमा सञ्चालक समिति, लेखा समिति, विभिन्न विभागीय उपसमितिहरु र सेयर सदस्यहरुका बीचमा केन्द्रित गरी पहिलो पटक साधारण सभा गरिएको हो । उक्त सभामा संस्थाको वार्षिक प्रतिवेदन कार्यकारी प्रमुख पुष्पा दाहालले वाचन गर्नुभएको थियो ।

प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१र८२ को असार मसान्तमा संस्थामा एक हजार ८५० जना सेयर सदस्य रहनु भएको छ । उहाँहरुबाट १ करोड ४८ लाख १६ हजार ८०० रुपैयाँ शेयर पूँजी र ४ करोड ४२ लाख ६६ हजार ९१५ रुपैयाँ निक्षेप बचत सकलन गरिएको छ ।

यसैगरी सहकारी संस्थाको मेरुदण्ड मानिने साधारण जगेडा कोषमा १ करोड २० लाख ८५ हजार ९११, नियमनकारी कोषहरुमा ४९ लाख ७२ हजार ५१ र अन्य कोषहरुमा २० लाख ५५ हजार १३४ रुपैयाँ सहित आत्मनिर्भर महिला साकोस सक्षम संस्था भएर उभिएको बताइएको छ ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै कार्यकारी प्रमुख दाहालले भन्नुभयो ुसंस्थाले सदस्यहरुमाझ ६ करोड ५ लाख १० हजार ५३१ रुपैयाँ ऋण प्रवाह गरी गत आर्थिक वर्षमा १ करोड १४ लाख ६६ हजार ४७३ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।ु

संस्थामा तरलताको अवस्था पल्सको मापदण्ड अनुसार पर्याप्त रहेको जानकारी दिनुहुँदै कार्यकारी प्रमुख दाहालले ुहामीसँग २ करोड ९ लाख ७० हजार ३१६ रुपैयाँ मौज्दात रहेकाले सदस्यहरुले निक्षेप मागेको समयमा फिर्ता दिन र ऋण मागेको अवस्थामा प्रवाह गर्न सक्षम रहेकोु पनि प्रष्ट पार्नुभयो ।

समीक्षा वर्षमा आत्मनिर्भर महिला साकोसले शेयर लाभांशको रुपमा १४ लाख ६५ हजार ५८१ रुपैयाँ र संरक्षित पूँजी फिर्ता कोषबाट ८ लाख १९ हजार ६७६ रुपैयाँ सदस्यहरुलाई वितरण गर्ने भएको छ ।

आत्मनिर्भर महिला साकोसका सचिव यशोदा प्रसाईंले सञ्चालन गर्नुभएको वार्षिक साधारणसभा समारोहमा सहभागी सेयर सदस्यहरुलाई कोषाध्यक्ष चन्द्रादेवी सेढाईंले शाब्दिक स्वागत गर्नुभएको थियो ।

साधारणसभा समारोहमा लेखा समितिका संयोजक शर्मिला खतिवडा अधिकारीले समितिको प्रतिवेदन वाचन गर्नुभएको थियो ।

सो समारोहमा असल बचतकर्ता रुपा चौधरी, असल ऋणि संगीता बुढाथोकी, एकल महिला सदस्य अनिता राजवंशी, उद्यमी महिला पवित्रा क्षेत्री, इमान्दार ऋणि सितामाया राई, उत्कृष्ट बाल बचतकर्ता सुरक्षा अधिकारी र अभिभावक शिव वाग्लेलाई दोसल्ला ओडाएर मायाको चिन्होसहित प्रमाण पत्र प्रदान गरी सम्मान गरियो ।

कार्यक्रमा पत्रकार गोपाल काफ्ले र नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुष्मा पौडेलले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सो कार्यक्रममा जीवन विज्ञान योग समूहले योग शिक्षा प्रदान गरेको थियो भने केही सदस्यहरुले आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here