जेनजीहरुले निकाले बिर्तामोडमा शान्ति पदयात्रा

0
43

बिर्तामोड ।

राष्ट्रिय झन्डा बोकेर जेन–जीहरुले बिर्तामोडमा शान्ति पदयात्रा निकालेका छन् ।

विभिन्न दल र समूहमा आबद्ध भएका जेनजी र युवालाई बृहत् एकता आव्हानको सन्देशसहित एकीकृत हुन आह्वान गर्दै जेनजी युनाइटेड मुभमेन्टको अगुवाइमा बिर्तामोडमा ¥याली निकालिएको हो ।

बिर्तामोडको सिटी सेन्टरबाट शुरु भएको ¥यालीले अहिले बिर्तामोड बजार परिक्रमा गरिरहेको छ । एकीकृत हुन आह्वान गर्दै जेनजी युनाइटेड मुभमेन्टको अगुवाइमा बिर्तामोडमा ¥याली निकालिएको हो । बिर्तामोडको सिटी सेन्टरबाट शुरु भएको ¥यालीले अहिले बिर्तामोड बजार परिक्रमा गरिरहेको छ ।

परिक्रमापश्चात् पुनः सिटी सेन्टरमा पुगेर कोणसभामा परिणत हुने जेनजी अगुवा सुवेश भारतीले जानकारी दिए । राष्ट्रिय झन्डा र विभिन्न नारा लेखिएका प्लेकाड बोकेका सहभागीहरूको सङ्ख्या करिब २ सय रहेको छ । जेनजीहरुले प्रदर्शन गर्ने भनेपछि बिहानदेखि बिर्तामोडमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here