झापा, झापाको कन्काई नगरपालिकामा गएराति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
गएराति करिब ९ः१० बजे कन्काई नगरपालिका–३ नयाँ बस्तीस्थित भित्री सडकखण्डमा सुरुङ्गा पुलबाट टप्पुचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०५८प ५०६३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०१–०१५प ४२१० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा ५०६३ नम्बरको मोटरसाइकल चालक कन्काई–३ का ३३ वर्षीय दिपक सिटौला गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका सिटौलालाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ।
दुर्घटनापछि प्रहरी नायव निरीक्षक सुबास ढुंगानाको कमाण्डमा खटिएको प्रहरी टोलीले दुबै मोटरसाइकल र ४२१० नम्बरको मोटरसाइकल चालक कन्काई–६ का २३ वर्षीय नितेश बस्नेत तथा सोही मोटरसाइकलमा पछाडि सवार बाह्रदशी–७ सुन्दर टोलका २१ वर्षीय उत्सव बस्नेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।































