फस्ट स्टेप एजुकेशनलको आयोजनामा बिर्तामोडमा यूके शिक्षा मेला

0
42

झापा, बिर्तामोडमा उच्च शिक्षा इच्छुक विद्यार्थीका लागि विशेष शिक्षा मेला आयोजना भएको छ । फस्र्ट स्टेप एजुकेशनल कन्सल्टेन्सीले डा.प्रियंका क्लिनिक नजिक यो मेला आयोजना गरेको हो।alt

मेलामा बीपीपी युनिभर्सिटी, युनिभर्सिटी अफ रोहम्पटन लन्डन, र युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्याण्ड ९ग्ध्क्० का आधिकारिक प्रतिनिधिहरू सहभागी भएका छन्। विद्यार्थीहरूले आफ्नो शैक्षिक योग्यता, रोजाइका विषय र अध्ययन अवसरबारे प्रत्यक्ष रूपमा प्रतिनिधिसँग छलफल गर्ने मौका पाएका छन् ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले तुरुन्तै भर्ना सम्बन्धी मार्गदर्शन, छिटो अफर लेटर प्रक्रिया र पाँच हजार पाउण्ड ९ झन्डै आठ लाख रुपैयाँ सम्मको छात्रवृत्तिबारे विस्तृत जानकारी पाएका छन् ।

मेलामा युनाइटेड किङडममा अध्ययनपछि दुई वर्षको पोष्ट–स्टडी वर्क भिसा, अध्ययन अवधिमा हप्तामा २० घण्टासम्म आंशिक काम गर्ने अवसर, बसोबास, खर्च र भिसा तयारीसम्बन्धी महत्वपूर्ण परामर्श पनि उपलब्ध गराइएको छ।

फस्र्ट स्टेप एजुकेशनलका प्रतिनिधिहरूका अनुसार, बिर्तामोड क्षेत्रमा विदेश अध्ययनका इच्छुक विद्यार्थीहरूको माग बढ्दै गएको छ र सोही आवश्यकतालाई मध्यनजर गर्दै यो विशेष मेला आयोजना गरिएको हो। विद्यार्थी र अभिभावकहरूलाई समयमै उपस्थित भई आवश्यक जानकारी लिन आयोजकले आग्रह गरेका छन्।

बिर्तामोडमा आयोजित यस यूके शिक्षा मेला यस वर्षको सबैभन्दा ठूलो अवसरका रूपमा मानिएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here