झापा, झापा गाउँपालिका–६, शरणामतीमा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही स्थानका ४५ वर्षीय सुनिल सोरेन रहेका छन्। सोरेनले मे १ त ३३१६ नम्बरको ट्र्याक्टर आफ्नै साहुको घरबाट निकाल्ने क्रममा ट्र्याक्टर अचानक लड्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका सोरेनको दुवै खुट्टा र टाउकोमा चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड लगिएकोमा उपचारको क्रममा उही दिन दिउँसो करिब ३ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ






























