उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटीमा झापाबाट इन्जिनियर निलिमा बस्नेत र अग्निमाया मेचे

0
75

झापा, कुलमान घिसिङको अग्रसरतामा गठन भएको उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटीमा झापाबाट इन्जिनियर निलिमा बस्नेत र अग्निमाया मेचे समावेस भएका छन् ।

घिसिङको अग्रसरतामा गठन भएको उज्यालो नेपाल पार्टीमा बस्नेत र मेचे दुई जना चयन भएका हुन् ।
उता इलामबाट महेन्द्रकुमार थापा र डकेन्द्रसिं थेगिम पनि केन्द्रीय सदस्य बनेका छन्।

पार्टीले ५१ सदस्यीय केन्द्रीय कमिटी गठन गरी बुधबार निर्वाचन आयोगमा सूची दर्ता गराएको हो। आयोगमा बुझाइएको सूचीमा अनुपकुमार उपाध्यायलाई अध्यक्ष तोकिएको छ।

तर, सूचीमा कुलमान घिसिङको नाम भने समावेश छैन। स्रोतका अनुसार अन्तरिम सरकारका मन्त्रीसमेत रहेका घिसिङकै पहलमा पार्टी खुले पनि उनी कार्यकारी भूमिकामा तत्काल सक्रिय नहुने बताइएको छ।

घिसिङको पार्टीमा प्रा. डा. महेन्द्र सुन्दर लावती, युवा अभियन्ता सागर ढकाल, अभिनेत्री रीमा विश्वकर्मा, डा। ताराप्रसाद जोशी, डा.  घनश्याम पाण्डे, डा. शंकर ढकाल, डा. तेजनारायण यादव, टासी ल्हान्जोम, डा. राजु थापा, डा. विशाल भण्डारी र श्री गुरुङलगायत पनि आबद्ध भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here