शालिग्राम दाहालको नयाँ गीत ‘मेरो साथी’ सार्वजनिक :संगीतमार्फत भावनात्मक आवाज बुलन्द गर्दै

0
152

झापा , साहित्यको संसारमा कलम चलाउँदै आएका श्रष्टा शालिग्राम दाहाल अहिले स्वरमार्फत पनि मन छोइरहेका छन् । कथाकार, कवि र नाटककारका रूपमा परिचित दाहालले हालै आफ्नै स्वरमा गाएको नयाँ गीत ‘मेरो साथी’ सार्वजनिक गरेका छन् । साहित्यिक  र संगीतको मिठास मिसिएको यो गीतले दाहाललाई गायकका रूपमा पनि चिनाउने प्रयास गरेको छ ।

दाहालले यो गीतमा गायिका सन्तोषी चौहानसँग स्वर मिलाएका छन् । गीतमा प्रेम, मित्रता र जीवनका सरल भावनाहरूलाई सरल तर गहिरो शैलीमा प्रस्तुत गरिएको छ । गीतको शब्द र संगीत दाहालकै सिर्जना हो भने यसको भिडियोमा अमिसा न्यौपाने र सञ्जय सिवाकोटीले अभिनय गरेका छन् । भावनात्मक कथावाचन जस्तै, भिडियोले पनि मित्रताको  दृश्य–रूपमा उतारेको छ ।

कचनकवलको होचो भूभाग घेरावारीमा जन्मेका दाहाल लामो समयदेखि शिक्षण पेशामा आवद्ध छन् । अहिले उनी झापाको चन्द्रगढीमा बसोबास गर्दै छन् । साहित्यको माध्यमबाट मानव जीवनका कथा–पीडा र आशा–उदासीलाई उजागर गर्दै आएका दाहालले पछिल्लो समय संगीतमार्फत पनि भावनाको आवाज बुलन्द गर्न थालेका हुन् ।

यसअघि उनले ‘कोपिला’ शीर्षकको गीत लेखेका थिए, जसमा भ्वाइस किड्स नेपाल का उपविजेता सुप्रिम मल्ल ठकुरीअनुजा कडरियाले स्वर दिएका थिए । उक्त गीतले युट्युबमा राम्रै चर्चा पाएको थियो । तर ‘मेरो साथी’मा उनले आफैंले गाएर नयाँ यात्राको सुरुवात गरेका छन् ।

दाहालका अनुसार, “साहित्य र संगीत एउटै आत्माका दुई रूप हुन् — एउटा शब्दमा बग्छ, अर्को स्वरमा बाँच्छ ।” यही भावनासँग उनले आफ्नो सृजनात्मक यात्रालाई नयाँ मोड दिएका छन् ।

दाहालको साहित्यिक यात्रातर्फ फर्कने हो भने, उनले २०८० सालमा कथा सङ्ग्रह ‘परिचय’ बजारमा ल्याएका थिए । दशवटा कथासँग समेटिएको उक्त कृति पाठकमाझ अत्यन्त लोकप्रिय भएको थियो । साहित्यिक क्षेत्रमा निरन्तर सक्रिय दाहालले दर्जनौं कविता, नाटक र गीत लेखिसकेका छन् ।

संगीत क्षेत्रमा समेत नयाँ बाटो खोल्दै, उनले आफ्ना भिडियोहरूमा पुराना र नयाँ कलाकारलाई सँगै अवसर दिँदै आएका छन् । उनको भनाइमा, “सिर्जना त्यो बेला साँचो अर्थमा जिउँदो हुन्छ जब नयाँ पुस्ताले त्यसलाई आत्मसात् गर्न पाउँछ।”

साहित्यको कोमल संगीतको सुमधुर स्वर मिसाएर तयार गरिएको ‘मेरो साथी’ अहिले युट्युबमा सार्वजनिक छ । श्रोता–दर्शकले गीतलाई अत्यधिक रुचाइरहेका छन्, र दाहालको यो नयाँ यात्रालाई साहित्य–संगीतको सुन्दर संगमका रूपमा हेर्न थालिएको छ ।

‘मेरो साथी’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here