झापा,

अन्तर्राष्ट्रिय झापाली समाजले शिवसताक्षीको दुधेमा सञ्चालन भएको प्रथम झापा महिला गोल्ड कप फुटवल प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।
समाजको तर्फबाट अध्यक्ष महेन्द्र चौलागाईंले उपलब्ध गराएको रु.५१००० समाजकी उपाध्यक्ष सीता पाण्डेले आयोजकलाई हस्तान्तरण गरिन् ।
कार्तिक २४ गते प्रतियोगिताको फाइनल समारोहमा उपाध्यक्ष पाण्डेले उक्त रकमको चेक आयोजक समितिका अध्यक्ष सन्तोष थोप्रालाई हस्तान्तरण गरिन् । उपाध्यक्ष पाण्डेले झापामा पहिलो पटक ऐतिहासिक रुपमा प्रतियोगिता सम्पन्न गरेकोमा आयोजलाई बधाई ज्ञापन गरिन् ।

२०८२ कार्तिक १७ गतेदेखि शुरु भएको प्रथम झापा महिला गोल्ड कप फुटवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । १–० गोलको अन्तरले एपीएफलाई हराउदै पुलिसले उपाधि जितेको हो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रू दश लाख र उप विजेता टिमलाई रू पाँच लाख सहित ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । उपाध्यक्ष पाण्डेले महिलाहरूका लागि आयोजना हुने यस्ता प्रतियोगिताले सम्पूर्ण महिलाहरूमा अझ बढी सम्मान,शसक्तिकरण र आत्मरक्षा गर्नका लागि प्रेरणा र प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिन् ।

























