इलाका प्रहरी कार्यालय सुरुङ्गामा तोडफोड र आगजनी गर्ने तीन जना पक्राउ

0
68

झापा ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाको भवन, सवारी साधन र सञ्चार सेटमा तोडफोड तथा आगजनी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते झापाको कन्काई नगरपालिका–३ मा रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाको भवन, सवारी साधन र सञ्चार सेटमा तोडफोड तथा आगजनी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा झापा शिवसताक्षी नगरपालिका–१० का ३१ वर्षीय सञ्जय बस्नेत र २५ वर्षीय कुशल तिम्सिना, तथा कन्काई नगरपालिका–३ बस्ने २५ वर्षीय विष्णु विश्वकर्मा रहेका छन् ।

उनीहरूमाथि आपराधिक उपद्रव गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here