बिर्तामोडमा प्रहरीलाई डोरीले बाँधेर अमानवीय व्यवहार गर्ने पक्राउ

0
1473

झापा ।

इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा कार्यालय तथा सवारी साधनमा ढुङ्गामुढा, तोडफोड र आगजनी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेन–जी आन्दोलनका क्रममा तोडफोडमा संलग्नहरु पक्राउ परेका हुन् ।

प्रहरी कर्मचारीमाथि ज्यान मार्ने उद्देश्यले अमानवीय व्यवहार गरेको आरोपमा थप एक जना पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको हो ।

प्रहरी कर्मचारीलाई ज्यान मार्ने उद्देश्यले बाँसमा डोरीले बाँधेर अमानवीय व्यवहार गरेको आरोपमा बिर्तामोड नगरपालिका–५ का २६ वर्षीय नवराज राई लाई ज्यान मार्ने उद्योगमा कारबाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुले प्रहरीमाथि आक्रमण गरेर नग्न अवस्थामा कुटपिट गर्दै हत्याको प्रयास गरेका थिए ।

त्यस्तै प्रहरी कार्यालय र सवारी साधनमा ढुङ्गामुढा, तोडफोड र आगजनी गरेको आरोपमा छ जनालाई आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–५ का २२ वर्षीय राजन चौधरी, बिर्तामोड नगरपालिका–५ का २० वर्षीय आयुस धिमाल, कन्काई नगरपालिका–१ का ४२ वर्षीय गोपाल सङ्ग्रौला, अर्जुनधारा–७ की २४ वर्षीया पूजा मगर, अर्जुनधारा–७ का २८ वर्षीय सुरज मगर र सुनसरी हरिनगर–१ का २२ वर्षीय साहिल अन्सारी छन् । घटनामा संलग्न अन्यको खोजी भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here