झापा, जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार भएका दुई जना थुनुवा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रह्रुी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काका अनुसाबिर्तामोड नगरपालिका–८ देउनिया स्थित अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले फरार रहेका दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३३ वर्षीय सरोज पौडेल र २५ वर्षीय पंकजराज मैनाली रहेका छन् ।
लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको अवस्थामा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको दौरानमा उनीहरु इलाका प्रहरी कार्यालय अनारमनीबाट भागेका थिए ।
प्रहरीले उनीहरूलाई निजकै घर–वतनबाट पक्राउ गरी पुनः इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको जनाएको छ।




























